सोमबार, वैशाख २८, २०८३

कोरोना संक्रमितको संख्यामा ब्राजिललाई पछि छोड्दै भारत

कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको भारत सबैभन्दा बढी प्रभावित देशको सूचीमा तेस्रो नम्बरमा छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

एजेन्सी- कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको भारत सबैभन्दा बढी प्रभावित देशको सूचीमा तेस्रो नम्बरमा छ।

National life

पहिलो स्थानमा रहेको अमेरिकामा हालसम्म ६२ लाख ४५ हजार भन्दा बढी मानिस संक्रमित भइसकेको तथ्यांक जोन्स हप्किन्स विश्वविद्यलायको छ।

हाल दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४१ लाख २३ हजार छ। भारतमा संक्रमितको संख्या ४१ लाख १३ हजार छ।

दैनिक ८० हजार भन्दा बढीको दरमा भारतमा संक्रमित थपिइरहेका छन्। यो अनुपातमा भारतले अबको २४ घण्टामा ब्राजिललाई उछिन्ने देखिन्छ। हाल ब्राजिलको भन्दा भारतमा झण्डै १० हजार कम मात्रै संक्रमित छन्।

ओर्ल्डाेमिटरको तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ९० हजार ६०० संक्रमित थपिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ७० हजार ६ सय नाघेको छ। यो पनि विश्वको तेस्रो ठूलो संख्या हो।

कोरोनाबाट मृत्यु हुनेमा पनि अमेरिका नै पहिलो नम्बरमा छ। जोन हप्किन्स विश्व विद्यालयका अनुसार त्यहाँ १ लाख ८८ हजार ५३८ मानिसको मृत्यु भइसकेको छ।

ब्राजिलमा १ लाख २६ हजार २०३ जनाको मृत्यु भएको छ भने चौथो नम्बरमा रहेको मेक्सिकोमा ६६ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित: Sep 06, 2020| 14:30 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।