शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बर्मिंघम सिटी सेन्टरमा अन्धाधुन्ध चक्कु प्रहारबाट थुप्रै मानिस घाइते

बर्मिंघम सिटी सेन्टरमा अन्धाधुन्ध चक्कु प्रहारबाट थुप्रै मानिस घाइते

बेलायतको बर्मिंघम सिटी सेन्टरमा थुप्रै मानिसहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

एजेन्सी- बेलायतको बर्मिंघम सिटी सेन्टरमा थुप्रै मानिसहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको छ। घटनामा थुप्रै मानिसहरु घाइते भएको अनुमान गरिएको छ।

National life

प्रहरीले यो घटनालाई ‘ठूलो घटना’ का रुपमा विश्लेषण गरेर अनुसन्धान थालेको छ। त्यहाँको प्रहरीले घटनालाई ‘ठूलो घटना’ को संज्ञा दिनुको अर्थ यसले ठूलो क्षति पुर्याएको बुझिन्छ।

वेस्ट मिडल्याण्ड प्रहरीले आइतबार मध्यरातमा उक्त घटना भएको जनाएको छ।

प्रहरीले घटनाबारे विस्तृत अध्ययन भइनसकेको जनाएको छ।

वेस्ट मिडल्याण्ड प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन भइरहेको र घटना ठूलो र दुःखद रहेको जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रहरीले त्यस वरपरका मानिसहरुलाई सुरक्षित रहन अपिल गरेको छ। कोरोना भाइरसको महामारीका बीच भएको यस घटनापछि प्रहरीले त्यस क्षेत्रका अधिकांश सडकहरु बन्द गरेर अनुसन्धान सुरु गरेको छ।

घटनामा को संलग्न थिए र कति मानिस घाइते भए, उनीहरुको अवस्था के छ भन्नेबारे स्पष्ट भइनसकेको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 06, 2020| 14:10 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।