मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अनलाइन कक्षा चलाइरहेका बेला कोरोनाबाट प्रोफेसरको मृत्यु

अनलाइन कक्षा चलाइरहेका बेला कोरोनाबाट प्रोफेसरको मृत्यु

भिडियो कन्फ्रेन्सिङ एप जुममार्फत् कक्षा चलाइरहेका बेला एक महिला प्रोफेसरको स्वास्थ्य बिग्रियो र एकछिनमै मृत्यु भयो।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

एजेन्सी- भिडियो कन्फ्रेन्सिङ एप जुममार्फत् कक्षा चलाइरहेका बेला एक महिला प्रोफेसरको स्वास्थ्य बिग्रियो र एकछिनमै मृत्यु भयो।

अर्जेन्टिनाको डे ला इम्प्रेसा विश्वविद्यालयकी एक प्रोफेसरले विद्यार्थीकै सामुन्ने प्राण त्यागेकी हुन्।

केही हप्ताअघि नै कोरोना संक्रमण भएकी प्रोफेसर पालोला डी सिमोनले पूर्णरुपमा निको नहुँदै अनलाइन कक्षा सुरु गरेकी थिइन्। लामो समयसम्म कोरोनाको असर रहिरहेपछि उनले पूर्णरुपमा निको नहुँदै विश्वविद्यालयको पाठ्यक्रम अनलाइनमार्फत् पढाउँदै आएकी थिइन्।

अनलाइन कक्षाकै क्रममा उनको स्वास्थ्य बिग्रिएपछि एक विद्यार्थीले उनलाई ठेगाना सोधेका थिए। एम्बुलेन्स पठाउन विद्यार्थीले ठेगाना सोधे पनि प्रोफेसर सिमोनले ‘मलाई बोल्न गाह्रो भो’ मात्र भनिन् ठेगाना भन्न सकिनन्।

६४ वर्षीया सिमोनले ४ हप्ताअघि ट्वीटरमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी गराएकी थिइन्।

सामान्यतया कोरोना संक्रमितहरु दुई हप्तामा निको हुने भए पनि उनी पूर्णरुपमा ठिक भएकी थिइनन्।

उनको मृत्युप्रति विश्वविद्यालयले शोक जनाएको छ। उनले उक्त विश्वविद्यालयमा विगत १५ वर्षदेखि अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा अध्यापन गराइरहेकी थिइन्।

प्रकाशित: Sep 05, 2020| 15:15 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।