आइतबार, चैत १, २०८२

भारतमा पौने ५ करोड जनाको कोरोना परीक्षण

भारतमा पौने ५ करोड भन्दा बढीको कोरोना परीक्षण गरिएको छ। त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षबर्धनका अनुसार हालसम्म भारतमा ४ करोड ७७ लाख ३८ हजार ४९१ जनाको स्याम्पल परीक्षण गरिएको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- भारतमा पौने ५ करोड भन्दा बढीको कोरोना परीक्षण गरिएको छ।

National life

त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षबर्धनका अनुसार हालसम्म भारतमा ४ करोड ७७ लाख ३८ हजार ४९१ जनाको स्याम्पल परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ १० लाख ५९ हजार ३४६ जनाको परीक्षण गरिएको छ।

यसका साथै कोभिड-१९ को परीक्षण गर्ने ल्याबको संख्या पनि बढाइएको छ। भारतमा हालस १ हजार ६४३ वटा ल्याबबाट परीक्षण भइरहेको छ। जसमध्ये १ हजार २६ सरकारी र ६१७ निजी ल्याब छन्।

पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Laxmi sunrise bank
kumari

यो हालसम्मकै सबैभन्दा ठूलो संख्या हो। पछिल्ला तीन दिनमा लगातार ८० हजार भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४० लाख २३ हजार १७९ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ८ लाख ४६ हजार ३९५ सक्रिय संक्रमित छन्। त्यस्तै ३१ लाख ७ हजार २२३ जना ठिक भएका छन्।

हालसम्म भारतमा कोरोनाबाट ६९ हजार ५६१ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८९ कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Sep 05, 2020| 14:45 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।