बिहीबार, कात्तिक २७, २०८२

४५९ रुपैयाँ डकैती गर्ने बुढाथोकी ३८ वर्षपछि पक्राउ

चार सय ५९ रुपैयाँ चोरी गर्ने डकैती मुद्दाका फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ परेका छन्। कञ्चनपुरको (साबिक) लक्ष्मीपुर गाविस–८ भैसौरीका जंगे भनिने जगतबहादुर बुढाथोकीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।
 |  बुधबार, असोज ६, २०७८

भीम चौधरी

भीम चौधरी

बुधबार, असोज ६, २०७८

धनगढी- चार सय ५९ रुपैयाँ चोरी गर्ने डाँका मुद्दाका फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ परेका छन्। कञ्चनपुरको (साबिक) लक्ष्मीपुर गाविस–८ भैसौरीका जंगे भनिने जगतबहादुर बुढाथोकीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। 

National life

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लारा डिष्टलरी बेलौरीबाट अन्तःशुल्क बापत उठेको सरकारी रकम ४५९ रुपैयाँ बोकेर २०४० पुस ९ गते डिष्टलरीका कर्मचारी रामजन सहनी पुनर्वासस्थित राष्ट्रिय वाणिज्य बैकमा जम्मा गर्न जाँदै थियो। तर, बुढाथोकीको टोलीले उनीहरूलाई लक्ष्मीपुर र त्रिभुवनवस्तीबीचको जंगलमा कुटपिट गरेर सो रकम लुटपाट गरेको थियो। लुटपाटपछि उनीहरू फरार रहँदै आएका थिए।

कञ्चनपुर जिल्ला अदालतको २०४२ वैशाख २५ गतेको फैसलाले कर्मचारीलाई कुटपिट गरी सरकारी रकम लुटपाट गरेको आरोपमा जनही ३ वर्ष १ महिना १८ दिन कैद फैसला सुनाएको थियो । 

घटना यस्तो थियो 

लारा डिष्टलरी बेलौरीबाट अन्तःशुल्क बापतको रकम उठाई पुनर्वासमा रहेको राष्ट्रिय वाणिज्य बैकमा जम्मा गरिँदै आएको थियो। वि.सं. २०४० पुस ९ गते पनि डिष्टलरीबाट उठाइएको रकम राष्ट्रिय वाणिज्य बैंक बेलौरीमा जम्मा गर्नका लागि डिष्टलरीका कर्मचारी रामजन सहनीलाई खटाइएको थियो । 

Laxmi sunrise bank
kumari

उठेको सरकारी रकम ४५९ रुपैयाँ भएको झोला लिएर सहनी कञ्चनपुरको लक्ष्मीपुर हुँदै पुनर्वास जाँदै गर्दा लक्ष्मीपुर र त्रिभुवनवस्तीबीचको जंगलमा बन्चरो, काठको चिर्पट र बन्दुक लिएर बसेका बुढाथोकीको टोलीले सहनीलाई कुटपिट  गरेर सो रकम लिएर फरार भएको थियो। 

घटना भएको डेढ वर्षपछि (२०४२ वैशाख २५) मा जिल्ला अदालत कञ्चनपुरले कसुर ठहर गर्दै जनही ३ वर्ष १ महिना १८ दिन कैद फैसला सुनाएको थियो। 

अदालतले कैद फैसला सुनाइएका बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतबाट खटिएको प्रहरी टोलीले खोज्दै जाँदा मंगलबार निजको घरबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए। कैदी पुर्जी जारी भई कैद भुक्तानका लागि उनलाई कारागार चलान गरिएको उनले बताए।

उनी डकैती गर्दा २२ वर्षका रहेकोमा अहिले ६० वर्ष पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 22, 2021| 07:06 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।