शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गोकुल बास्कोटाले भने - नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो

गोकुल बास्कोटाले भने - नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो

नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति कटाक्ष गर्दै नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो हुने बताएका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति कटाक्ष गर्दै नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो हुने बताएका छन्।

बास्कोटाले सामाजिक सञ्‍जाल ट्विटरमार्फत यस्तो बताएका हुन्। उनले कांग्रेसको पुच्छर बन्‍ने पार्टी समाजवादी हुन नसक्ने र त्यस्तो पार्टी नक्कली हुने तर्क गरेका छन्। 

उनले समाजवादीमा प्रवेश गर्नु भनेको कांग्रेस प्रवेश गरेसरह भएको तर्क गर्दै दुई पटक पार्टी प्रवेश गर्नुभन्दा एकैपटक कांग्रेसमा जानु राम्रो भएको टिप्पणी गरेका हुन्। 

उनले लेखेका छन्, 'जुन गोरुको सिंग छैन, त्यसको नाम तिखे?जसले पार्टी चोइट्यायो, त्यसको नाम एकीकृत? जो कांग्रेसको पुच्छर बनेको छ,त्यो समाजवादी? त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनुभन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला। किनभने दुईपल्ट के पार्टी प्रवेश गर्नु? ह्या एस !'

नेकपा एमालेबाट फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका छन्। उनले संगठन विस्तारको कामलाई अघि बढाइरहेका छन्। तर, एमालेका नेताहरुले भने एकीकृत समाजवादीमा गएका १४ जना सांसद्‌हरुलाई कारबाहीको माग गरिरहेका छन्। 


प्रकाशित: Sep 21, 2021| 21:50 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...