शुक्रबार, भदौ ५, २०८३

एमालेको अवरोधबीच राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ।

राष्ट्रियसभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुको विरोधका बीच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका हुन्।

बैठकको प्रारम्भमा बोल्दै नेकपा(एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागू गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताए।

उनले नेकपा(एमाले)ले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रियसभा बैठकको अवरोध जारी राख्ने बताए। 


प्रकाशित: Sep 21, 2021| 13:30 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...