काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आरोप लगाएका छन्।
उनले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको भन्दै अकुत कालो धनलाई चोख्याउने सरकारको निर्णयको विरोध गरेका छन्।
‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ,’ उनले सामाजिक संजालमा भनेका छन्, ‘भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु।'
पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान 'अपवित्र'गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ।भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु।
— Kamal Thapa (@KTnepal) September 21, 2021
यो निर्णय तत्काल फिर्ता गरियोस्