शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीले माधव नेपालसहितका १४ सांससविरुद्ध हालेको मुद्दाको पेशी आज, के होला फैसला?

ओलीले माधव नेपालसहितका १४ सांससविरुद्ध हालेको मुद्दाको पेशी आज, के होला फैसला?

१४ सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- १४ सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ। 

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो। आज उक्त मुद्दामा थप बहस हुने भएको हो। आज माधव नेपाल पक्षका कानुन व्यवसायीको बहस हुनुका साथै ओली पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्ने छन्। 

आज (मंगलबार) हुने बहसपछि सर्वोच्चले आदेश गर्न सक्नेछ। एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तीनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेको हो।

रिटमा १४ सांसद कारबाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारबाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ।

प्रकाशित: Sep 21, 2021| 08:36 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...