आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • संखुवासभा घटना: अनुसन्धान नसकिँदै प्रहरीलाई पुरस्कृत गर्न हतार

Siddartha premir insuranceSiddartha premir insurance

संखुवासभा घटना: अनुसन्धान नसकिँदै प्रहरीलाई पुरस्कृत गर्न हतार

हत्या भएको पाँच दिनपछि प्रहरीले घटनामा संलग्‍न भएको आरोपमा छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गर्‍यो। सामूहिक हत्याको सफल अनुसन्धान गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार विसीसहित पाँच प्रहरीलाई भदौ ३१ मा प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्‍यो।
 |  सोमबार, असोज ४, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, असोज ४, २०७८

विराटनगर- संखुवासभाको मादी नगरपालिका १ खोला गाउँका ५६ वर्षीय तेजबहादुर कार्की परिवारका ६ जनाको भदौ २१ गते हत्या भयो। हत्या भएको पाँच दिनपछि प्रहरीले घटनामा संलग्‍न भएको आरोपमा छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गर्‍यो। सामूहिक हत्याको सफल अनुसन्धान गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार विसीसहित पाँच प्रहरीलाई भदौ ३१ मा प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्‍यो। 

triton college

पुरस्कृत हुने अन्य प्रहरी अधिकारीमा संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल, संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्सपेक्टर मणिराम थापा, प्रदेश १ प्रहरी कार्यालय विराटनगरका इन्सपेक्टर बबिन्द्र नेम्वाङ छन्। 

प्रहरी प्रधान कार्यालयले अभिलेख रहने गरी नगदसहित पाँच जनालाई पुरस्कृत गरेको थियो। घटनाको अनुसन्धानमा ४९ जना खटिए पनि मुख्य भूमिकामा रहने पाँच जनालाई मात्र पुरस्कृत गरेको थियो। पुरस्कृत गरेको एक साता नबित्दै सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित ४ जनालाई संखुवासभा प्रहरीले सार्वजनिक गर्‍यो। घटनाको निष्कर्षमा नपुग्दै सफल अनुसन्धान भएको भन्दै पुरस्कृत गर्नु हतारो भएको भन्दै अहिले आलोचना भइरहेको छ। 

घटना नियोजित!

मादी १ का तेजबहादुर कार्कीको हत्या गर्ने योजना अनुसार नै काम भएको प्रहरी अनुसन्धानमा देखिएको छ। घटनापछि कोही पनि नबोल्ने उनीहरुले शर्त गरेका थिए। 

Metro Mart
vianet

भदौ २१ गते धान गोड्नका लागि तेजबहादुर आउने र सोहीबेला हत्या गर्ने योजना खड्गबहादुर कार्कीले बनाएको खुलेको छ। हत्या घटनामा सलग्‍न ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको बयानपछि प्रहरीले उनीहरुलाई सोमबार चैनपुरमा सार्वजनिक गरेको। उनीहरको बयानपछि सो तथ्य खुलेको हो। 

मादी १ खोला गाउँमा वरपर १२ वटा घर छन्। एउटाबाट अर्को घरको दूरी कम्तीमा १३० मिटरजति मात्रै छ। तर, घटनाबारे छिमेकीले प्रहरीलाई केही खुलाउन चाहेनन्। प्रहरीले धेरै प्रयास गर्दा पनि घटनाबारे स्थानीयले कुनै कुरा नबताएको र थाहा भएन भन्‍ने जवाफले अनुसन्धान मात्रै लम्बिएको थिएन, प्रहरीलाई ‘क्लु’ पत्ता लगाउनै सकस परेको थियो। 

घटनाको विभिन्‍न कोणबाट अनुसन्धान गर्दा पनि सफल नभए पनि मानसिक अवस्था सन्तुलन नभएका व्यक्तिको प्रहरीले खोजी गरेको थियो । सो खोजीका क्रममा लोकबहादुर कार्कीमाथि प्रहरीले अनुसन्धान केन्द्रित गरि पक्राउ गरेको थियो। घटना फरक–फरक समयमा भएको र घरको मुलीको पहिले हत्या गरेपछि अन्य शारीरिक रुपमा कमजोर रहेका वृद्धा, महिला र बालबालिकालाई हत्या गर्न अभियुक्त कार्कीलाई सहज भएको देखिएको यसअघि डिआईजी अरुणकुमार विसीले बताएका थिए। 

मादी नगरपालिका १ का ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५६ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्‍जना, पनाति ११ वर्षीय दीपेन र पनातिनी ७ वर्षीया गोमा कार्कीको भदौ २१ मा हत्या भएको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: Sep 20, 2021| 19:13 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।