शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दल विभाजसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार : उपेन्द्र यादव

दल विभाजसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन्। 

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताएका हुन् । 

हालसम्म मन्त्रालयको बाँडफाँट पनि नभएको उनले जानकारी दिए।

उनले भने, ‘पहिलो कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँट हुनुपर्छ। त्यो भइसक्या छैन। दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुन्छ। र त्यो खारेज हुनेवित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ। सरकारले पूर्णता पाउँछ। र अब हामी यसलाई चाँडै गछौँ। यो गलत छ। दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने दलहरु भित्र र त्यसले अन्तत्वगत्वा लोकतन्त्रलाई अस्थिर बनाउने खालको अध्यादेश भएको हुनाले त्यसलाई खारेज गर्ने र मन्त्रिपरिषद् विस्तार गरिन्छ।’

प्रकाशित: Sep 20, 2021| 15:56 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...