काठमाडौं- प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ।
सभामुख सापकोटाले एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए। नाराबाजीकै बीच सोमबारको बैठकले विनियोजन विधेयक पारित गरेको छ।
यस्तै सभामुख सापकोटाले अर्को बैठक असोज ७ गते दिउँसो २ बजेका लागि तोकेका हुन्।