काठमाडौं- राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभालेबाट स्वीकृत भएको छ। सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनि राखेको प्रस्तावलाई स्वीकृत गरिएको हो।
यस्तै बैठकले विनियोजन विधेयक पारित गरेको छ भने आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असोजमा गर्ने मिति तय भएको छ।