शुक्रबार, भदौ ५, २०८३

प्रतिपक्षीलाई पेलेरै अघि बढे सभामुख

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।

बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका छन्। नाराबाजीकै बीच सभामुखले बैठकको कारबाही अघि बढाएका छन्। 

आजको बैठकबाट बजेट प्रतिस्थापन विधेयक पास गर्ने सरकारको तयारी छ। गएको भदौ २५ गते उक्त विधेयक संसद्मा पेश भएको थियो।

बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमाथि एकमुष्ट छलफल गर्ने कार्यसूची छ। संसद्को नवौं अधिवेशन गत साता बिहीबार सुरु भएकोमा एमालेले अवरोध गर्दै आएको छ।

प्रकाशित: Sep 20, 2021| 11:39 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...