शुक्रबार, भदौ ५, २०८३

विदेशस्थित नेपाली दूतावासले मनाए संविधान दिवस

विदेशमा रहेका नेपाली दूतावासले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गरेका छन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- विदेशमा रहेका नेपाली दूतावासले संविधान दिवसको अवसरमा विविध कार्यक्रमहरु गरेका छन्।

असोज ३ गते राष्ट्रिय एवं संविधान दिवसको अवसर भन्दै विभिन्न कार्यक्रमहरु गरेका हुन्। सरकारले संविधान दिवस मनाउन सबैलाई सर्कुलर गरेको थियो। पाकिस्तान, ओमान, युएई, बेलायत, साउदी अरेविया लगायत मुलुकहरुमा रहेका नेपाली दूतावासले विविध कार्यक्रम गरि नेपालको संविधान दिवस मनाएका हुन्। 

उनीहरूले त्यहाँको स्वास्ठ मापदण्ड अपनाएर दूतावासले कार्यक्रमहरु गरेका हुन्। 

सबै जसोले आयोजना गरेको कार्यक्रममा त्यहाँको सरकारका विभिन्न निकाय, विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, व्यापारिक संस्थाहरु, नेपाल प्रेमीहरु, सञ्चारकर्मी र नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो। यद्यपि त्यस्तो उपस्थिति भने न्यून थियो।

पाकिस्तानमा आयोजना गरेको कार्यक्रममा राजदूत तापस अधिकारीले राष्ट्रिय झण्डा फहराएका थिए भने त्यहाँ रहेको नेपाली समुदाय र केही पाकिस्तानी अधिकारीको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाउनुका साथै संविधानको विषयमा चर्चा समेत गरिएको विज्ञप्तीमा उल्लेख छ।

ओमानको मस्कटमा गरिएको कार्यक्रममा पनि त्यही विधी अपनाइएको थियाे। ओमानस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ती अनुसार राजदूत डा. शर्मिला पराजुलीले राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाएकी थिइन् । उनले नेपाल र ओमानको झण्डा राखेको केक काट्नुको साथै नेपालकाे झण्डा फहराएकी थिइन्। त्यस्तै यूएईस्थित नेपाली दूतवासका राजदूत कृष्णप्रसाद ढकाल, कतारस्थित नेपाली दूतावासमा राजदूत नारद भारद्वाजले पनि यस्तै कार्यक्रम  गरेका थिए। 

प्रकाशित: Sep 19, 2021| 23:25 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...