शुक्रबार, भदौ ५, २०८३

विश्वप्रकाशले अघि सारेको 'वान-टू-थ्री-फोर'को अवधारणा के हो?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन्। झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन्। झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन्।

कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गरेका शर्माले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ नारासहितको अवधरणापत्र सार्वजनिक गरेका हुन्। उनले आफ्नो पुस्तासँग ‘वान, टू, थ्री, फोर’को प्रस्तावसमेत अघि सारेका छन्। 

‘शासकीय प्रणालीको बहसलाई 'शासन संस्कार पद्धति'तर्फ मोड्नका लागि उनले वान-टू-थ्री-फोरको प्रस्ताव अघि सारेको दाबी गरेका छन्। यसको अर्थ एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ भन्ने हो। यसलाई व्यवहारमा अनुशरण गर्न सम्भव हुँदा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली र प्रवृत्ति निर्माण हुनेछ भने परिणाम रचनात्मक हासिल हुनेछ।’ 


प्रकाशित: Sep 20, 2021| 00:05 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...