सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय टोलीका फुटबल खेलाडीको कोरोना परीक्षण भोलि र पर्सि गरिने

राष्ट्रिय टोलीका फुटबल खेलाडीको कोरोना परीक्षण भोलि र पर्सि गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भोलि र पर्सि (सोमबार र मंगलबार) राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण गर्ने भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले भोलि र पर्सि (सोमबार र मंगलबार) राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण गर्ने भएको छ।

एन्फाले पाटन अस्पतालमा दुई चरणमा सकिने गरी खेलाडीको कोरोना परीक्षणको तयारी गरेको प्रवक्ता किरण राईले जानकारी दिए।

सरकारले भदौ १ गतेबाट सबै खेलका राष्ट्रिय खेलाडीका लागि प्रशिक्षणको अनुमति दिएपछि एन्फाले खेलाडीलाई गत साउन १६ गतेभित्र एन्फा एकेडेमीमा उपस्थित हुन निर्देशन दिएको थियो। सोहीबमोजिम सबै खेलाडी काठमाडौं आएर बसेका छन्।

अहिले बाहिरबाट आएका ११ खेलाडीसहित १३ जना होटेलमा छन् भने २२ खेलाडी घर/कोठामै क्वारेन्टिनमा छन्। यता, एन्फाको होस्टेल निर्मलिकरण गरिसकिएको छ भने खेलाडी बस्नको लागि डेकोरेसनको काम भइरहेको छ।

‘भोलि सोमबारको पहिलो चरणमा होटेलमा बसेका खेलाडी र कर्मचारीको परीक्षण हुनेछ भने दोस्रो चरणमा अन्य खेलाडीको परीक्षण हुनेछ,’ प्रवक्ता राईले भने।

उनले थपे, ‘हामीले डिसइन्फेक्सनको काम सकिसकेका छौँ बस्नका लागि लगभग तयार भइसकेको छ।’

एन्फाले केही दिनअघि जारी गरेको गाइडलाइन्सअनुसार कोरोना टेस्ट नेगेटिभ आएका खेलाडीलाई एन्फा होस्टेलमा सारिने छ। त्यस्तै, राष्ट्रिय टोलीका ३३ खेलाडीलाई बराबरी तीन समूहमा बाँडेर फुटबल प्रशिक्षणको तयारी गरिँदै छ।

तर, नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन नेपालमा छैनन्। जसकारण सुरुवाती प्रशिक्षण किरण श्रेष्ठले गराउने छन्। ‘अब भदौ १ गतेबाट अन्तर्राष्ट्रिय हवाइ उडान खुलेपछि मुख्य प्रशिक्षक आउनुहुन्छ। हामी फ्लाइट सेड्युल हेर्दैछौँ। अब कस्तो सेड्युल छ त्यही अनुसार हुन्छ,’ प्रवक्ता राईले भने।

नेपालले विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट आउँदो अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १३ मा जोर्डनसँग प्रतिस्पर्धा गर्ने तय छ।

प्रकाशित: Aug 09, 2020| 18:20 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।