शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काम अलपत्र पार्ने ठेकेदार भीमबहादुर साउँदलाई पनि सुप्रबल जनसेवाश्री पदक

काम अलपत्र पार्ने ठेकेदार भीमबहादुर साउँदलाई पनि सुप्रबल जनसेवाश्री पदक

राजेन्द्र निर्माण सेवा प्रालिका सञ्‍चालक रहेका ठेकेदार साउँदले कञ्‍चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएका छन्। पटक-पटक म्याद सकिएको उक्त सडक निर्माणको काम पटकपटक थप गर्दा पनि काम अझै पूरा गर्न नसकेका साउँदलाई राष्ट्रपतिले सम्मान गर्न लागेकी हुन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

डडेल्धुरा- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्‍न ठाउँमा ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार भीमबहादुर साउँदलाई पनि सु-प्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएकी छन्। यो पदक नयाँ वर्षको अवसरमा वैशाख १ गते प्रदान गरिन्छ।

राजेन्द्र निर्माण सेवा प्रालिका सञ्‍चालक रहेका ठेकेदार साउँदले कञ्‍चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएका छन्। पटक-पटक म्याद सकिएको उक्त सडक निर्माणको काम पटकपटक थप गर्दा पनि काम अझै पूरा गर्न नसकेका साउँदलाई राष्ट्रपतिले सम्मान गर्न लागेकी हुन्। गृह मन्त्रालयले छनौट गरेका व्यक्तिको सूचीमा काम अलपत्र पार्ने ठेकेदार साउदको नाम पनि समावेश भएको हो। 

पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका साउँदले आफ्नो नगरपालिकाको भवन पनि आफैंले ठेक्का लिएका थिए। उक्त नगरपालिकाको भवन निर्माणको काम पूरा नहुँदै भवन चर्किन थालेको छ। 

त्यसैगरि पर्शुरामकै रुगुन खोलामा पक्की पुल निर्माणका लागि ठेक्का लिएको चार वर्ष ढिलो गरी काम सुरु गरेका ठेकेदार साउँदले अझै काम पूरा गर्न सकेका छैनन्। 

बुडर-जोगबुढा सडक पिच गर्ने काम सम्झौता सकिएको तीन वर्ष भइसक्दा पनि अझै काम अलपत्र छ। उक्त काम कहिले सकिने भन्‍ने अझै टुंगो लागेको छैन। बाजुरा, अछाम, बझाङलगायतका पहाडी जिल्लामा पनि दर्जनौं पक्की पुल निमार्णको ठेक्का लिएका साउँदले म्याद सकिएपछि पनि काम सम्पन्‍न गर्न सकेका छैनन्। 

त्यसैगरी, शुक्लाफाँटा नगरपालिकाको भवन निर्माणको काम पनि अझै पूरा हुन सकेको छैन। त्यसैगरी महाकाली नदी नियन्त्रण आयोजनाले सदरमुकाम खलंगासँग श्रीवगड क्षेत्रमा तटबन्ध निर्माण गर्न ठेकेदार साउँदको निर्माण कम्पनीसँग ०७६ असार २४ गते ठेक्का नम्बर १८ र १९ को सम्झौता गरेको थियो। 

महाकाली नगरपालिका-१ को श्रीवगड र दुहुँ गाउँपालिका-३ क्षेत्रमा पक्की तथा तारजालीसहितको तटबन्ध निर्माणको लागि दुई वर्षअघि नै ठेक्का लिएका साउँदले समयमै काम नसक्दा बस्ती जोखिममा परेको स्थानीय मोहन बमले बताएका छन्। बमले भने, 'राजनीति नै गर्ने भए ठेक्का लिएर दार्चुला किन आउनुपर्थ्यो? अहिले तटबन्धको काम नगरेकै कारण श्रीवगड पूरै जोखिममा परेको छ।' 

यसरी राजनीतिक पहुँचका आधारमा ठेक्का लिने र काम पूरा नगर्ने ठेकेदारलाई पनि सु-प्रबल जनसेवाश्री पदक प्रदान गरेको भन्दै आलोचना भइरहेको छ। 

विभषूण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ अनुसार सुप्रबल जनसेवा श्री पदक नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणी, स्थानीय तहका पदाधिकारी, नेपाल सरकारका प्रथम श्रेणी वा सो सरहका राष्ट्रसेवक कर्मचारी र सो सरहको मर्यादाक्रममा पर्ने तथा अन्य महानुभावमध्ये बढीमा ५० जनालाई प्रदान गर्न सकिने व्यवस्था छ। 

तर, पदककै अपमान हुने गरी राजनीतिक पहुँचका आधारमा ठेक्का लिने र काम पूरा नगर्ने 'सुदूरपश्‍चिमका पप्पु' लाई दिइएको भन्दै आलोचना भइरहेको हो। साउदले यसअघि डडेल्धुरामा पार्टीको अधिवेशनका क्रममा अर्को समूहलाई बाइपास गर्दै प्रहरी परिचालन गरी वडाधिवेशन गराएका थिए। उनलाई नै फेरि जिल्ला सभापति बनाउने तयारी भइरहेको छ।

प्रकाशित: Sep 19, 2021| 21:50 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...