सोमबार, असार २९, २०८३

कोरोनापछिको क्रिकेटमा इंग्ल्यान्डको सानदार कमब्याक कायमै

म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा पाकिस्तानविरुद्ध तीन शृंखलाको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले शनिबार राति तीन विकेटको जित निकाल्यो।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

म्यानचेस्टर– कोरोनाको महामारीपछि इंग्ल्यान्डले क्रिकेटमा लगातार सहभागिता जनाइरहेको छ।

उसले पछिल्ला दुई सिरिजमा जित निकालिसकेको छ भने तेस्रो प्रतियोगिता अन्तर्गत पहिलो खेलमा पनि पाकिस्तानलाई हराएको छ।

म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा पाकिस्तानविरुद्ध तीन शृंखलाको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले शनिबार राति तीन विकेटको जित निकाल्यो।

२७७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ११७ रनमै पाँच विकेट गुमाएपछि जटिल अवस्थामा पुगेको थियो। रोरी बर्न, डोम सिब्ले, जोय रुट, बेन स्टोक्स र ओलिइ पोपे पेवेलियन फर्किसकेपछि इंग्ल्यान्डको जित निकाल्ने सम्भावना कम बनेको थियो।

त्यसपछि मैदान प्रवेश गरेका क्रिस वोक्स र जोस बटलरले भने चामत्कारिक तरिकाले खेलका आफ्नो हातमा लिए। र, इंग्ल्यान्डलाई जित दिलाए।

जितका लागि संघर्षरत इंग्ल्यान्डका बटलरले ७५ रन बनाए भने क्रिस वोक्सले अवितिज ८४ रनको अर्धशतकीय पारी खेले। जसकारण उसले २७७ रनको लक्ष्य ८२.१ ओभरमा पूरा गर्यो। यसैक्रममा वोक्स खेलको प्लेयर अफ दि म्याचसमेत बने।

यता, टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले पहिलो इनिङमा ३२६ रन जोडेको थियो भने इंग्ल्यान्डले पहिलो इनिङमा २१९ रनमात्र जोड्न सकेको थियो। दोस्रो इनिङमा भने पाकिस्तानको खेल सम्झनलायक रहेन। ऊ १६९ रनमा आउट बनेपछि इंग्ल्यान्डले २७७ रनको लक्ष्य पायो।

‘यो हाम्रो सानदार जित रह्यो। पिचमा यस्तो प्रकारको अनुभवले धेरै विश्वास मिल्छ, जसले सबै कुरा सम्भव छ भन्ने अनुभूति हुन्छ,’ खेलपछि कप्तान जोय रुटले भने, ‘पहिलो तीन दिन त हामी पाकिस्तानभन्दा धेरै पछि थियौँ।’

कोरोनापछिको पहिलो टेस्टमा इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध तीन सिरिजको प्रतियोगिता २–१ ले जितेको थियो भने आयरल्यान्डविरुद्धको तीनै शृंखलाको एक दिवसीय पनि २–१ ले नै जितेको थियो।

-बीबीसी र इएसपीएन क्रिकइन्फो

प्रकाशित: Aug 09, 2020| 13:40 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।