शुक्रबार, भदौ ५, २०८३

यसकारण कांग्रेसका १३ जिल्लाको वडाधिवेशन नहुने!

२० जिल्लाको वडाधिवेशन एकैदिन गर्न केन्द्रीय निर्वाचन समितिले ५ असोजका लागि मिति तय गरेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत १३ जिल्लाको वडाधिवेशन असोज ५ मा पनि हुन नसक्ने देखिएको छ। २० जिल्लाको वडाधिवेशन एकैदिन गर्न केन्द्रीय निर्वाचन समितिले ५ असोजका लागि मिति तय गरेको छ। 

तर, त्यसको तयारीका लागि एक दिनमात्रै बाँकी रहँदा पनि १३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो भने अझै लाग्‍न सकेको छैन।

निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले आइतबार बेलुकीसम्म पनि १३ जिल्लामा क्रियाशील सदस्यकै टुंगो नलागेका कारण मंगलबार ती जिल्लाको वडाधिवेशन हुने सम्भावना टरेको बताएका छन्।

उनका अनुसार मंगलबार काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा वडाधिवेशन हुनेछ ।

त्यसबाहेक पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीमा सदस्यताको टुंगो नलागेका कारण अधिवेशन अनिश्चित बनेको हो। 

कांग्रेसले यी २० जिल्लाको वडा अधिवेशन एकैदिन गर्नकै लागि ५ असोजमा वडाधिवेशन गर्ने मिति तोकेको थियो।

कांग्रेसको पालिका तहको अधिवेशन ९ असोजमा गर्ने कार्यतालिका छ। त्यस आधारमा मंगलबारसम्म सदस्यता टुंगो लागेको अवस्थामा ८ असोजभित्र वडाधिवेशन पूरा गरेर सबै जिल्लामा एकैपटक पालिका अधिवेशन गर्न सकिने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्। 


प्रकाशित: Sep 20, 2021| 05:10 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...