बुधबार, जेठ २०, २०८३

कैलालीमा जलाइयो संविधानको धारा २७४ र अनुसूची ४

कैलालीमा संविधानको धारा २७४ र अनुसूची ४ जलाइएको छ। थरुहट-थारुवान संयुक्त संघर्ष मोर्चाले संविधानको धारा २७४ र अनुसूची ४ जलाएको मोर्चाका प्रवक्ता माधव थारुले बताए।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

धनगढी- कैलालीमा संविधानको धारा २७४ र अनुसूची ४ जलाइएको छ। थरुहट-थारुवान संयुक्त संघर्ष मोर्चाले संविधानको धारा २७४ र अनुसूची ४ जलाएको मोर्चाका प्रवक्ता माधव थारुले बताए।

National life

संविधान जारी भएदेखि नै संविधान दिवसलाई ‘कालो दिवस’ को रुपमा मनाउँदै आएको मोर्चाले नेपालको संविधान जारी भएको सातौं वर्षमा पनि सो दिनलाई कैलालीको जोशीपुरमा खबरदारी सभाको आयोजना गर्दै धारा र अनुसूची जलाइएको मोर्चाका प्रवक्ता थारुले बताए।

२०७२ साल असोज ३ गते जनताले चुनेका जनप्रतिनिधिहरूको सर्वोच्च संस्था संविधान सभाले ऐतिहासिक रुपमा नेपालको संविधान जारी गरेको दिनलाई संविधान दिवसको रुपमा नेपाल सरकारले मनाउँदै आएको छ। तर, थरुहट-थारुवान संयुक्त संघर्ष मोर्चाले विभेदकारी संविधानका धारा १८, २२, ३२, ३८, ४२, ५६ र २७४ तथा अनुसूचि ४ प्रति विरोध जनाउँदै आएको छ।



‘धारा २७४ र अनुसूची ४ प्रति सबैभन्दा बढी असुन्तुष्टि हो’, मोर्चाका प्रवक्ता थारुले भने, ‘धारा १८, २२, ३२, ३८, ४२, ५६ मा पनि हाम्रो असुन्तुष्टि छ ।’ उनले धारा २७४ र अनुसूची ४ परिवर्तन नभएसम्म अन्य धारा सच्याउन नसकिने हुँदा हाम्रो माग धारा २७४ र अनुसूचि ४ खारेज गर्नुपर्ने माग हो। 

Shivam cement

सुदूरपश्चिम प्रदेश सभा सदस्य मालामती रानाल भनिन्, ‘हाम्रो निष्कर्षमा यो सफल संविधान होइन। यो अपुरो संविधान हो। यसमा संशोधन नगरिकन कार्यान्वयन गरियो भने सफल हुदैन।’

उनले भनिन, ‘अहिलेको सरकारको गतिविधि हेर्दा यो विफल भएको छ। सरकार असफल भएको कारणले संविधान कार्यान्वयन हुन सकेको छैन। उहाँहरु संविधान दिवस भव्य तरिकाले मनाउँदै हुनुहुन्छ । हामी यो संविधान दिवस कालो दिन भनेर मनाइरहेका छौं।’

प्रकाशित: Sep 19, 2021| 20:59 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।