सोमबार, असार २९, २०८३

रियललाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

पहिलो लेगको खेलमा २–१ गोलले पछि परेको रियल दोस्रो लेगमा पनि सोही नतिजाले पछि परेपछि सिटी समग्रमा ४–२ गोल को जित निकाल्दै लिगको अन्तिम ८ मा प्रवेश गरेको छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

काठमाडौं – च्याम्पियन्स लिगअन्तर्गत शुक्रबार राति सम्पन्न दोस्रो लेगको खेलमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई पराजित गरेको छ। सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा रियल २–१ गोलअन्तरले पछि परेको हो।

पहिलो लेगको खेलमा २–१ गोलले पछि परेको रियल दोस्रो लेगमा पनि सोही नतिजाले पछि परेपछि सिटी समग्रमा ४–२ गोल को जित निकाल्दै लिगको अन्तिम ८ मा प्रवेश गरेको छ।

सिटीको जितका लागि रहिम स्टार्लिङ र ग्याब्रियल जेससले गोल गरे। खेलको नवौैं मिनेटमै स्टार्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। २८ औं मिनेटमा करिम बेन्जेमाले रियलका लागि गोल गरेपछि खेल बराबरीमा आयो।

पहिलो हाफमा १–१ गोलको बराबरीमा राकिएको खेलको दोस्रो हाफमा सिटीले एक गोल थप्यो। ६८ औं मिनेटमा जेससले गोल गरेसँगै सिटीले २–१ को नतिजामा खेल आफ्नो पक्षमा पार्यो।

म्यानचेस्टर सिटीले अगस्त १६ मा हुने क्वार्टरफाइनल खेलमा लायोनसँग खेल्नेछ।

याे पनि पढ्नुस् ः

युभेन्टसको अप्रत्यासित हार, लायोन शीर्ष ८ मा

प्रकाशित: Aug 08, 2020| 08:22 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।