शुक्रबार, भदौ ५, २०८३

मधेशवादी नेतालाई मधेसमा नै बहिष्कार अभियान चलाउन आग्रह!

देशैभर संविधान दिवसको अवसरमा खुसियाली र कालो दिवस मनाइ रहँदा युवाहरुको एक समूहले मधेशवादी दलविरुद्ध आक्रोश पोखेका छन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

जनकपुरधाम- देशैभर संविधान दिवसको अवसरमा खुसियाली र कालो दिवस मनाइ रहँदा युवाहरुको एक समूहले मधेशवादी दलविरुद्ध आक्रोश पोखेका छन्। 

मधेश अधिकार संघर्ष समितिले मधेश आन्दोलनका सहिदहरुको स्मरणमा आयोजना गरेको कार्यक्रममा मधेशवादी दलका नेताहरु विरुद्ध आक्रोश पोखेका हुन्।

युवाहरुले एक कार्यक्रमको आयोजना गरी मधेश आन्दोलनमा शहादत दिनेहरुलाई नै बिर्सेको आरोप लगाउँदै मधेशवादी दलका नेताहरुलाई बहिष्कार गर्न माग गरे। 

मधेश अधिकार समितिका संयोजक सरोज मिश्रले संविधानमा केही त्रुटी रहेको स्वीकार गर्दै जसरी सत्तामा बसेर प्रदेश २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानविरुद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए। 

उनले भने, “संविधानको विभिन्‍न धारामा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्‍ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ।” 

उनले संविधान संशोधनका लागि दबाब बनाउनुको साटो सत्ताको खेलमा लागेर मधेशी जनतालाई मुर्ख बनाउने नेताहरुलाई बहिष्कार गर्ने समय आइसकेको बताए। 

सो कार्यक्रममा मधेश आन्दोलनमा सहभागी भएका युवाहरुको सहभागिता रहेको थियो।

प्रकाशित: Sep 20, 2021| 04:10 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...