शुक्रबार, भदौ ५, २०८३

नेकपा एकीकृत समाजवादी रुपन्देही अध्यक्षमा राजु गुरुङ

नेकपा एकीकृत समाजवादी रुपन्देहीले पदाधिकारीलाई पूर्णता दिएको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

बुटवल- नेकपा एकीकृत समाजवादी रुपन्देहीले पदाधिकारीलाई पूर्णता दिएको छ। यसअघि भदौ ११ गते बसेको बैठकले समानान्तर कमिटिलाई नेकपा एकिकृत समाजवादीमा समायोजन गर्ने निर्णय गरेको थियो।  आइतबार बुटवलमा बसेको बैठकले पदाधिकारीलाई पूर्णता दिएको हो। 

जसको अध्यक्षमा राजु गुरुङ, उपाध्यक्षमा सिद्धिचरण भट्टराई, सचिवमा अबिराम बिक र सहसचिव सरिता श्रीस रहेका छन्। 

यसअघि नेपाल समूहले गठन गरेको समानान्तर कमिटिमा रहेका उपाध्यक्ष पुरुषोत्तम घिमिरे र सचिव जागेश्वरीदेवी चौधरी भने एमालेमै बसेका छन्। बैठकले पदाधिकारीको टुंगो लगाएको बाँकी सदस्यहरुबारे छलफल भइरहेको सहसचिव सरिता श्रीसले जानकारी दिइन्।

प्रकाशित: Sep 19, 2021| 19:51 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...