बिहीबार, कात्तिक २७, २०८२

सुदूरपश्‍चिमका ४ जिल्लाका १८ कैदीको कैद मिनाह

संविधान दिवसको अवसरमा सुदूरपश्चिमका चार जिल्लाका १८ जना कैदीको कैद मिनाह भएको छ। प्रदेशको कैलाली र कञ्‍चनपुर, बझाङ र बैतडी कारागारमा रहेका १८ जना कैदीको कैद मिनाह गरीएको छ।
 |  आइतबार, असोज ३, २०७८

भीम चौधरी

भीम चौधरी

आइतबार, असोज ३, २०७८

धनगढी- संविधान दिवसको अवसरमा सुदूरपश्चिमका चार जिल्लाका १८ जना कैदीको कैद मिनाह भएको छ। प्रदेशको कैलाली र कञ्‍चनपुर, बझाङ र बैतडी कारागारमा रहेका १८ जना कैदीको कैद मिनाह गरीएको छ।

National life

कञ्‍चनपुर कारागारमा रहेका ७, कैलाली कारागारमा रहेका ६, बझाङ कारागारमा रहेका ४ र बैतडी कारागारमा रहेका १ जना कैदीको कैद मिनाह गरिएको हो। 

कञ्‍चनपुर कारागारमा रहेका कर्तव्य ज्यान मुद्दाका शिवराज भट्ट र प्रेमसिंह भण्डारी, बहुविवाह मुद्दाका रोहित आउजी, करिना विश्वकर्मा, माया चन्द तथा चोरी मुद्दाका खुशीराम चौधरी रहेको कञ्‍चनपुर कारागारकी जेलर माया बस्‍नेत थापाले बताइन्। उनले कञ्‍चनपुर कारागारमा ४०७ जना कैदीबन्दी रहेको बताइन्।

कैलाली कारागारमा रहेका कर्तव्य ज्यान मुद्दाका खेमा कुमारी अर्याल (देवकोटा), रामप्रसाद राना, कृष्णकुमार चौधरी, कृष्ण शर्मा तथा सवारी ज्यान मुद्दाका चक्रबहादुर चौधरी, प्रेमसिंह साउँद रहेको कैलाली कारागारका निमित्त जेलर विरेन्द्रबहादुर बोहराले बताए। उनीहरुले ५० प्रतिशत कैद भुक्तान गरेको निमित्त जेलर बिरेन्द्रबहादुर बोहराले बताए। 

एक वर्ष कैद सजाय तोकिएकी देवकोटाले ६ महिना चार दिन, तीन वर्ष कैद सजाय तोकिएका चक्रबहादुर चौधरीले एक वर्ष ६ महिना दुई दिन, तीन वर्ष कैद सजाय तोकिएका प्रेम सिंह साउँदले एक वर्ष ६ महिना चार दिन र १२ वर्ष कैद सजाय तोकिएका राम प्रसाद रानाले ६ वर्ष एक महिना ९ दिन कैद भुक्तान गरेका छन्। 

Laxmi sunrise bank
kumari

यस्तै, २० वर्ष कैद सजाय तोकिएका कृष्ण कुमार चौधरीले ११ वर्ष ६ महिना २६ दिन र २० वर्ष कैद सजाय तोकिएका कृष्ण शर्मा तिवारीले १० वर्ष एक महिना ६ दिन कैद भुक्तान गरेको निमित्त जेलर बोहराले बताए। उनले भने, ‘दुई जना भारतीयसहित ९ जनाको कैद मिनाहका लागि नाम सिफारिस भएकोमा ६ जनाको कैद मिनाह भयो।’ 

हाल कैलाली कारागारमा ३६ महिला, तीन आश्रित बालबालिका र ४५४ जना पुरुष गरेर ४९३ रहेको उनले बताए।

यस्तै, बझाङबाट कर्तव्य ज्यान र बहुविवाह मुदाका दुई-दुई जनाको कैद मिनाह भएको छ। कर्तव्य ज्यान मुद्दाका दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का चक्र जप्रेल, कर्तव्य ज्यान मुद्धाका मष्टा गाउँपालिका वडा नम्बर ३ का रामचन्द्र खड्का, बहुविवाह मुद्दाका केदारस्युँ गाउँपालिका वडा नम्बर १ का शिवराज भण्डारी र जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का राजेन्द्र खड्काको कैद मिनाह भएको जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले बताए। 

जेलर धनबहादुर घर्तीका अनुसार जप्रेल २०७० असोज २९ गतेदेखि कैद सजाय भोग्दै आएका थिए। उनलाई सर्वोच्च अदालतले १५ वर्ष कैद सजाय तोकेको थियो। उनले सात वर्ष ११ महिना तीन दिन कैद भुक्तान गरेका थिए। खड्का २०७७ साउन ४ गते देखि कैद सजाय भोग्दै आएका थिए। उनलाई जिल्ला अदालत बझाङबाट दुई वर्ष कैद सजाय तोकेकोमा एक वर्ष एक महिना १० दिन कैद सजाय भुक्तान गरेका थिए।

भण्डारी २०७७ साल कात्तिक २७ गतेदेखि कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले भण्डारीलाई एक वर्ष कैद सजाय सुनाएको थियो। उनले १० महिना पाँच दिन कैद सजाय भुक्तान गरेका थिए।

 खड्का २०७७ भदौ ९ गते देखि कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले खड्कालाई दुई वर्ष कैद सजाय सुनाएको थियो। उनले एक वर्ष २३ दिन कैद सजाय भुक्तान गरेका थिए।

यस्तै, बैतडीमा कर्तव्य ज्यान मुद्दाका एक जना कैदीको कैद मिनाह भएको छ। मेलौली नगरपालिका वडा नम्बर १ का ललित भनिने सूर्य दयालको कैद मिनाहा भएको जिल्ला कारागार बैतडीले जनाएको छ। आठ वर्ष दुई महिना कैद भुक्तान गरेका दयालको बाँकी पाँच वर्ष दुई महिना कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले बताए। उनी २०७० साल श्रावण ४ गते कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा देशभरबाट ५३१ जनाको कैद मिनाह गरी माफी दिएकी हुन्। नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसला लगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको हो।

प्रकाशित: Sep 19, 2021| 19:29 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।