शुक्रबार, भदौ ५, २०८३

मधेश केन्द्रित दलहरुले गरे संविधानको विरोध

मधेश केन्द्रित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधानको विरोध गरेका छन्। सातौं संविधान दिवसको अवसरमा दुबै पार्टीले काठमाडौंमा छुट्टाटछुट्टै कार्यक्रमको आयोजना गर्दै संविधानप्रति विरोध जनाएका हुन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं - मधेश केन्द्रित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधानको विरोध गरेका छन्। सातौं संविधान दिवसको अवसरमा दुबै पार्टीले काठमाडौंमा छुट्टाटछुट्टै कार्यक्रमको आयोजना गर्दै संविधानप्रति विरोध जनाएका हुन्। 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानलाई परिमार्जन गर्नुपर्ने बताए। संविधान संशोधनको आवश्यक्ता विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधानले महिला, जनजाती, दलित र मधेशी जनतालाई नसमेटिएको भन्दै मधेशीलाई दमन गरेर संविधान जारी गरेको बताएका हुन्। 

उनले देशको आधा भूभागले अझै पनि यो संविधानलाई स्वीकार नगरेको बताए। अध्यक्ष यादवले यो संविधानलाई परिमार्जन गरेर कालो दिवस मनाउने र बत्ती बाल्ने सबैको लागि समेटिएको संविधान बनाइनुपर्ने बताए। उनले संविधान जारी गर्ने प्रक्रिया केही लेखन्दासले बसेर संविधान जारी गरेको आरोप लगाए। उनले ३६५ वटा जति संशोधनको प्रस्ताव भएको तर छलफल नै नगरि पास गरेकोले संविधान त्रुटिपूर्ण रहेको बताए। 

अध्यक्ष यादवले भने, ‘जो पोजिशन हाम्रो संविधान निर्माण गर्दा थियो अहिले पनि त्यही नै छ, समय सन्दर्भ अलिअलि बदलिएको छ, यो संविधान जारी हुँदा बखत, मधेशमा बिमती राखेर आन्दोलनरत थिए, तर मधेशमा दमन गरेर राज्यले यो संविधान जारी गर्‍यो, देशको आधा भूभागले अझै यो संविधान मानेका छैनन्, यो संविधान लेखन्दासहरुले लेखेर पास गरेको एउटा किताब मात्रै हो, संसदमा छलफल नै नगरी पास गराइयो, त्यसैले यो त्रुटिपूर्ण छ, प्रस्तावना नै त्रुटिपूर्ण छ, त्यहाँ सशस्त्र, जनआन्दोलनको उल्लेख गरियो, तर मधेश जनविद्रोह, आदीवासी, जनजातीका आन्दोलनहरुलाई उल्लेख गरिएन, शासकीय स्वरुपलाई परिवर्तन गर्न जरुरी छ, निर्वाचन प्रणालीलाई परिवर्तन गर्न जरुरी छ।’

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले पनि संविधानको विरोध गरेको छ। लोसपाले आयोजना गरेको कार्यक्रममा उपस्थित वक्ताहरुले यो संविधानले नेपाली महिला, जनजाती, दलित र मधेशीहरुलाई उचित न्याय नदिएको बताएका छन्।

कार्यक्रममा पुगेका वक्ताहरुले टाउकोमा कालोपट्टी बाँधेर संविधानको बिरोध गरेका छन् भने बिरोध कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अनुपस्थित थिए।

प्रकाशित: Sep 19, 2021| 22:30 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...