शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निजामती कर्मचारी संगठनमा पनि ओलीर नेपाल समूहबीच चर्को विवाद, छाप र लेटरप्याड चोरीको आरोप

निजामती कर्मचारी संगठनमा पनि ओलीर नेपाल समूहबीच चर्को विवाद, छाप र लेटरप्याड चोरीको आरोप

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटरप्याड चोरी भएको र अहिले प्रहरीलाई छानबिनका लागि निवेदन दिएको बताए।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनले केन्द्रीय कार्यसमितिको आठौं बैठकले ११ औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिएको हो। कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटरप्याड चोरी भएको र अहिले प्रहरीलाई छानबिनका लागि निवेदन दिएको बताए। 

उनले अधिवेशनको निर्णय हुनै लाग्दा संगठनका महासचिव र उपाध्यक्षहरु नै भागेको भन्दै जिम्मेवारी पदमा रहेको व्यक्तिबाट नै चोरी भएको हुनसक्ने आशंका गरेका छन्। संगठनबाट भागेका साथीहरुले नै एउटा कोठामा बसेर निर्णय परिवर्तन गरेको आरोप लगाउँदै अध्यक्ष देवकोटाले भ्रममा नपर्न आग्रह गरे। 

कार्यक्रममा सहसंयोजक तथा वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले संगठनलाई गतिशील बनाउन राष्ट्रिय महाधिवेशन गर्न लागेको बताए। उनले कोरोनासहित विभन्‍न कारणले समयमै हुनुपर्ने राष्ट्रिय अधिवेशन हुन नसकेको बताउँदै ११ औँ राष्ट्रिय अधिवेशन तय गरेको बताए। 

वरिष्ठ उपाध्यक्ष कोइरालाले भने, ‘सहज रुपमा कुनै पनि काम भइरहेका थिएनन्, त्यसकारण आवश्यक्ता थियो, अनिवार्यता भयो, संगठनलाई गतिशील बनाउने हिसाबले हामीले असोज २ गते केन्द्रीय समितिको बैठकको आयोजना गर्‍यौं, राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्यौं, जसमा १४ सयभन्दा धेरै साथीहरुको उपस्थिति थियो।  नेकपा एमालेको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो, कार्यक्रममा महासचिव ईश्वर पोखरेल, स्थायी सदस्यहरु रामबहादुर थापा, शंकर पोखरेल, पूर्वमन्त्री लालबाबु पण्डित,महेश बस्नेत लगायतको उपस्थिती थियो ।’

त्यस्तै माधव नेपाल समूहले पनि कार्की ब्यांक्‍वैटमा पत्रकार सम्मेलन गर्दै संगठनको विधि, पद्धती र नीति विपरी गइ पदमा रहेका व्यक्तिहरुले पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ। पत्रकार सम्मेलनमा संगठन महासचिव शरणकुमार गुरुङले कुनै पार्टी र नेताको मतियार भइ काम गरेको भन्दै संगठनका अध्यक्ष केदारप्रसाल देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष ललिकबहादुर महर्जन, उपाध्यक्ष रेणुका केसी, उपाध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्ष नौतम पोखरेल, उपाध्यक्ष भवानी दाहाल र सह कोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको बताए।

उनले रिक्त अध्यक्ष पदमा रेवन्त गौतम, वरिष्ठ उपाध्यक्षमा मोहन गिरी, उपाध्यक्षमा सिता गुरुङ्ग वेदप्रसाद खतिवडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर बिष्ट, दयाराम खत्री र महासचिवमा शरणकुमार गुरुङ्ग, उपमहासचिवमा भवानी खतिवडा, सचिवमा प्रकाश राई, मधु मिजार, ओम कठायत र सहकोषाध्यक्षमा दिनेश लम्शाल लगायतलाई नियुक्त गरेको जानकारी दिए। 

उनले संगठनलाई कर्मचारीहरुको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्दै लैजाने भन्दै यो कुनै राजनीतिक दलको भातृ संगठन नभएको स्पष्ट पारे। उनले संगठनलाई फुटाएर राज गर्न चाहनेहरुबाट बचाउन आफूले काम गरिरहेको बताए। 

प्रकाशित: Sep 19, 2021| 18:49 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...