शुक्रबार, भदौ ५, २०८३

गण्डकीमा एमालेका सबै सांसदविरुद्ध म एक्लै काफी छु : किसान श्रेष्ठ

पार्टीको जिल्ला कमिटीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता श्रेष्ठले युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

पोखरा- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् तनहुँका सांसद किसान श्रेष्ठले गण्डकी प्रदेशमा एमालेका सबै सांसद्‍ विरुद्ध आफू एक्लै काफी भएको बताएका छन्। नेकपा (एकीकृत समाजवादी)ले पोखरामा आयोजना गरेको कार्यक्रममा उनी एमालेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए।

श्रेष्ठले गण्डकी प्रदेशमा आफ्नो पार्टीका जनप्रतिनिधि आफूमात्र भएपनि एमालेका सबै सांसदविरुद्ध आफू एक्लै काफी हुने चेतावनीसमेत दिए। ‘एमालेका गण्डकी प्रदेश सांसद विरुद्ध म एक्लै भारी पर्नेछु,’ उनले भने । 

पार्टीको जिल्ला कमिटीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता श्रेष्ठले युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए। 

अहिले एमालेका कार्यकर्तालाई सूर्य चिन्ह र जनताको बहुदलीय जनतवादको एकाएक माया लागेर आएको भन्दै उनले माओवादीसँग एकता गर्ने बेलामा ओलीले जबज खाइसकेको आरोपसमेत लगाएका थिए। 

‘म पोखरा आएर एक हप्ता बसेको थिएँ। काठमाडौं जान एअरपोर्टमा जहाज चढ्ने बित्तिकै सामाजिक सञ्जालमा किसान श्रेष्ठलाई पोखराबाट धपायौं भनेर विषवमन गरेछन्,’ नेता श्रेष्ठले गुरुङप्रति लक्षित गर्दै भने, ‘म अहिले पनि पोखरामै छु। कोही छ भने आए हुन्छ।’

कसैको तागत भए फेसबुकमा मात्रै नभई सामुन्नेमै देखाउनसमेत उनको चुनौती छ। ‘बैदाममा हप्ता उठाएजस्तो होइन, हाम्रा कार्यकर्तालाई कर्के नजर मात्रै लगाए हामीले देखाइदिन्छौं।’ 

गुरुङ केही वर्षअघिसम्म पोखराको लेकसाइड क्षेत्रमा डनका रूपमा परिचित व्यवसायी हुन्। महेश बस्नेतले युथ फोर्स गठन गरेपछि गुरुङ पनि विस्तारै राजनीतिमा लागेका हुन्। उनी अहिले पनि व्यवसायी हुन्। 

केही महिना अघि उनको डिस्कोथेगमा काठमाडौंका किशोर नुविभ उप्रेतीको हत्या भएर शव फेवातालमा फालेको अवस्थामा भेटिएको र अनुसन्धानमा डिस्कोले सहयोग नगरेको विषय सार्वजनिक भएको थियो। 

प्रकाशित: Sep 19, 2021| 17:22 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...