आइतबार, भदौ २१, २०८३

तेक्वान्दो संघको कार्यवाहक अध्यक्षमा अशोक खड्का

नवनियुक्त खड्काले तेक्वान्दोका कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– तेक्वान्दोका निर्णायक अशोक खड्का काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षमा नियुक्त भएका छन छन्। जिल्ला संघको मंगलबार बसेको कार्यसमिति बैठकले खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।

अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएका कारण सो पद रिक्त भएपछि जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो।

पराजुली राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत छन्। राष्ट्रिय खेलकुद ऐन–२०७७ मा राखेपमा कार्यरत कुनै पनि कर्मचारीले कुनै पनि तहको खेलकुद संघमा बस्न नपाउने प्रावधानका कारण उनले राजीनाम दिएका थिए।

त्यस्तै सन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षक राजकुमार लामाले पनि उपाध्यक्षबाट राजीनामा दिएका छन्। उक्त पद भने पछि पदपूर्ति गरिने कार्यसमितिले जनाएको छ।

नवनियुक्त खड्काले तेक्वान्दोका कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्।

साढे दुई दशक अघिबाट तेक्वान्दो खेल्न सुरु गरेका खड्का २००९ को एक प्रतियोगितामा चोट लागेका कारण २ वर्ष मैदानबाहिरै बसे। चोटमुक्त भएपछि पुम्से विधामा आफ्नो खेल यात्रालाई सुरु गरेका खड्काले छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते। अहिले उनी प्रशिक्षक र निर्णायकका रुपमा बढी व्यस्त छन्। उनले १९ अन्तर्राष्ट्रिय स्वर्ण जितेका छन् भने केयौं पटक उत्कृष्ट निर्णायक पनि चुनिएका छन्।

प्रकाशित: Aug 04, 2020| 15:47 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।