सोमबार, असार २९, २०८३

विकास मल्ल गोककिपर प्रशिक्षकमा नियुक्त

विकास उनको समयमा प्रभावशाली गोलकिपर मानिन्थे। नेपाल आर्मीका पूर्वखेलाडी एवम् कप्तान मल्लले नेपाली राष्ट्रिय टोलीमा सन् २००५ देखि २०१३ सम्म खेलेका थिए।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– पूर्वगोलरक्षक विकास मल्ल नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को आज बसेको प्राविधिक समिति बैठकले गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो।

विकास उनको समयमा प्रभावशाली गोलकिपर मानिन्थे। नेपाल आर्मीका पूर्वखेलाडी एवम् कप्तान मल्लले नेपाली राष्ट्रिय टोलीमा सन् २००५ देखि २०१३ सम्म खेलेका थिए।

उनलाई एसियाली फुटबल महासंघ (एएफसी)ले लेवल वान गोलकिपिङ प्रशिक्षण, एएफसी ‘सी’ प्रशिक्षण र फिफाले एमए सर्टिफिकेटको मान्यता प्रदान गरेको छ।

मल्लले जापानी प्रशिक्षक हिरो मित्सुमारुलाई विस्थापन गर्दै एन्फामा प्रवेश गरेका हुन्। मित्सुमारुले जिकाको भोलेन्टियरिङ अन्तर्गत नेपालमा कोचिङ गर्दै आएका थिए।

मल्लले नेपालले आगामी असोज–कात्तिकमा खेल्ने फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गतको प्रिलिमिनरी क्वालिफिकेसनको अभ्यासबाटै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नेछन्।

नेपालले आउँदो अक्टोबर ८, अक्टोबर १३ र नोभेम्बर १२ (असोज २२, २७ र कात्तिक २७) मा क्रमशः चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग क्वालिफिकेसनका खेल खेल्नेछ।

प्रकाशित: Aug 04, 2020| 13:37 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।