आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमतीमा कोरोना संक्रमितको संख्या १,१४८ पुग्यो (जिल्लागत विवरणसहित)

बागमतीमा कोरोना संक्रमितको संख्या १,१४८ पुग्यो (जिल्लागत विवरणसहित)

बागमती प्रदेशमा आइतबार थप ३३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– बागमती प्रदेशमा आइतबार थप ३३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुुसार काठमाडौंमा २२, ललितपुरमा आठ, भक्तपुरमा एक, चितवनमा एक र सिन्धुलीमा एक गरी ३३ जनामा संक्रमण भएको हो।

योसहित प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या एक हजार १४८ पुगेको छ।

तीमध्ये ५३४ जना उपचारपछि फर्किएका छन् भने ६०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रदेशमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ।

काठमाडौंमा सबैभन्दा बढी ४५१ जनामा कोरोना संक्रमण भएको छ। यस्तै धादिङमा १४१ जना र चितवनमा संक्रमितको संख्या १२४ पुगेको छ।

ललितपुरमा १०४, सिन्धुपाल्चोकमा ७३, भक्तपुरमा ५८, मकवानपुरमा ४७ जनामा कोरोन संक्रमण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रामेछापमा ३८, सिन्धुलीमा २५, काभ्रेमा २३, तथा दोलखा र रसुवामा ११–११ जनामा कोरोना संक्रमण भएको छ।

प्रकाशित: Aug 02, 2020| 18:40 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।