सोमबार, असार २९, २०८३

एक दिवसीय क्रिकेट सुरु : पहिलो खेलमा इंग्ल्यान्डको जित

कोरोनाको महामारीपछि पहिलो एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। हिजो (जुलाई ३०) बाट इंग्ल्यान्डमा ५० ओभरको प्रतियोगिता सुरु भएको हो।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

साउथह्याम्टन– कोरोनाको महामारीपछि पहिलो एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। हिजो (जुलाई ३०) बाट इंग्ल्यान्डमा ५० ओभरको प्रतियोगिता सुरु भएको हो।

तीन खेलको उक्त शृंखलाअन्तर्गतको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले आयरल्यान्डमाथि ६ विकेटको जित निकालेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ४४.४ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डले ४ विकेटको क्षतिमा २७.४ ओभर खेल्दै निर्धारित लक्ष्य पूरा गरेको थियो।

पहिलो इनिङमा आयरल्यान्डका कर्टिनस क्याम्परले अविजित रहँदै ५९ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, एन्डी म्याकब्रिनले ४० रनको योगदान दिए। यता फिल्डिङ सम्हालेको इंग्ल्यान्डका डेविड विल्लेले सर्वाधिक पाँच विकेट लिए भने शकिव महम्मोदले दुई विकेट लिए।

जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डका साम बिलिङ्स अविजित रहँदै सर्वाधिक ६७ रनको योगदान दिए भने कप्तान इयोन मोर्गेनले अविजित ३६ रन जोडे।

आयरल्यान्डका क्राइग योङले दुई विकेट लिए भने १÷१ विकेट लिनेमा म्याक्ब्रिन र क्याम्पर रहे। खेलमा ५ विकेट लिएका डेविड विले प्लेयर अफ दि म्याच घोषित भए।

बाँकी दुई खेल आउँदो अगस्त २ र ४ तारिकमा इंग्ल्यान्डमा हुनेछ।

इएसपीएन क्रिकइन्फो

प्रकाशित: Jul 31, 2020| 09:46 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।