सोमबार, असार २९, २०८३

रेलिगेसनमा परेको बर्नेमाउथका डिफेन्डर सिटीमा अनुबन्धित

इंग्लिस प्रिमियर लिग (ईपीएल)बाट रेलिगेसनमा परेको बर्नेमाउथका डिफेन्डर नाथन एके म्यानचेस्टर सिटीमा अनुबन्धन भएका छन्।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

लन्डन– इंग्लिस प्रिमियर लिग (ईपीएल)बाट रेलिगेसनमा परेको बर्नेमाउथका डिफेन्डर नाथन एके म्यानचेस्टर सिटीमा अनुबन्धन भएका छन्। उनका लागि ईपीएलको साबिक विजेता टोलीले ४० मिलियन पाउन्ड खर्च गरेको हो।

सम्झौतामा अनुबन्धनपछि एक मिलियन पाउन्ड थप गरिने बीबीसीले जनाएको छ। नेदरल्यान्डका २५ वर्षीय अन्तर्राष्ट्रिय खेलाडी एके सन् २०१७ मा बर्नेमाउथ आएका थिए। उनी क्लबमा आउँदा बर्नेमाउथले इतिहासकै सबैभन्दा ठूलो रकम खर्च गरेर खेलाडी किनेको थियो।

यता, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला पनि केही समयअघिबाटै सेन्टर ब्याकको खोजीमा थिए। उनले खोजीका क्रममा एके पाएका छन्। बर्नेमाउथ पनि १८ औं स्थानमा रहँदै प्रिमियर लिगबाट घटुवा भयो। म्यान्चेस्टर सिटी भने अंकतालिकाको दोस्रो स्थानमा रह्यो।

सिटीले प्रस्ताव राख्नुअघि नै एके यही समरमा बर्नेमाउथबाट बाहिरिने पक्का भइसकेको थियो। त्यस्तै ईपीएलमै रहन चाहने अन्य खेलाडी पनि क्लबबाट बाहिरिने सम्भावना कायमै थियो। त्यही समय सिटीका लागि एके भित्र्याउन उचित रह्यो।

एकेले भर्खरै सकिएको प्रिमियर लिगको ३८ खेलमध्ये २९ खेल खेलेका थिए।

एजेन्सी

प्रकाशित: Jul 30, 2020| 18:48 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।