सोमबार, असार २९, २०८३

आउँदो सिजनका लागि युभेन्टसले ल्यायो नयाँ जर्सी

युभेन्टसले अवे र तेस्रो (वैकल्पिक) जर्सी भने सार्वजनिक गरेको छैन। तर त्यो पनि छिटै गरिने क्लबले बताएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

इटाली– युरोपियन फुटबल क्लबहरुले घरेलु फुटबलको सिजन सुरु हुनुअघि जर्सीको नयाँ डिजाइन सार्वजनिक गर्छन्। र, सिजनभर त्यही डिजाइनको जर्सी प्रयोग गर्छन्।

होम, अवे र तेस्रो (वैकल्पिक) डिजाइनको तीनवटा डिजाइनको जर्सी बनाउने गरिएको छ। इटालियन लिग विजेता युसेभन्टसले पनि आउँदो २०२०–२१ सिजनका लागि नयाँ (होम) जर्सी सार्वजनिक गरेको छ।

उसले आफ्नो ब्रान्ड कलर (सेतो–कालो)ले सजिएको क्लासिक पाटे जर्सी सार्वजनिक गरेको हो। नयाँ डिजाइनको जर्सीमा सेतो ब्याकग्राउन्डमा कालो ब्रासस्ट्रोक राखिएको छ। यो जर्सी एडिडासले बनाएको हो। साथै क्लब र एडिडास दुवैको लोगो पहेँलो रंगमा सार्वजनिक गरिएको छ।

यो डिजाइनले इटालियन लिग विजेता क्लबका खेलाडी नयाँ लुक्समा देखिने छन्। उनीहरुले जारी सिजनमा लगाएको जर्सीमा दुईवटा पाटा मात्र थिए। जसमा एकापट्टी कालो र अर्कापट्टी सेतो रंग प्रिन्ट गरिएको थियो ।

युभेन्टसले अवे र तेस्रो (वैकल्पिक) जर्सी भने सार्वजनिक गरेको छैन। तर त्यो पनि छिटै गरिने क्लबले बताएको छ।

प्रकाशित: Jul 30, 2020| 16:55 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।