सोमबार, असार २९, २०८३

नम्बर वान टेनिस खेलाडी बार्टीले युएस ओपन नखेल्ने

सिड्नी– विश्व महिला टेनिस खेलाडी वरियताको शीर्ष स्थानमा रहेकी अशलेघ बार्टीले यूएस ओपन टेनिसबाट आफ्नो नाम फिर्ता लिएकी छिन्। कोरोना महामारीका कारण उनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको बताएकी छिन्।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

सिड्नी– विश्व महिला टेनिस खेलाडी वरियताको शीर्ष स्थानमा रहेकी अशलेघ बार्टीले यूएस ओपन टेनिसबाट आफ्नो नाम फिर्ता लिएकी छिन्। कोरोना महामारीका कारण उनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको बताएकी छिन्।

कोरोना महामारीपछि अमेरिकाको न्युयोर्कमा अगस्ट ३१ बाट पहिलो ग्रान्ड स्ल्याम हुने तय भएको छ। सो प्रतियोगितामा २४ वर्षे अष्ट्रेलियन पूर्वक्रिकेटर एवम् टेनिस खेलाडी बार्टीले पनि वेस्टन साउथर्न ओपनमा भाग लिएकी थिइन्।

उनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएट प्रेससँग भनिन्, ‘कोभिड–१९ का कारण अहिले पनि सम्भावित जोखिम कायमै छ। म आफू र टिमलाई यो स्थितिमा त्यहाँ जान उपयुक्त देख्दिनँ। म यूएस ओपन सफतापूर्वक सञ्चालन होस् भन्ने शुभकामना दिन चाहन्छु। साथै अर्को वर्षको यूएस ओपनमा सहभागी हुनको लागि आशावादी रहनेछु।’

त्यस्तै विश्व वरियताको शीर्ष दोस्रोमा रहेकी सिमोना हालेप र गत वर्षकी यूएस च्याम्पियन वियन्का एन्ड्रेस्कुले पनि आउँदो प्रतियोगितामा सहभागी नहुने भएका छन्। हलेपले इटालीमा हुन लागेको पालेर्मो महिला ओपनबाट पनि आफ्नो सहभागीता रद्द गराएकी छिन्।

बार्टीले यूएस ओपन सकिएको एक हप्तापछि फ्रान्समा हुने प्रतियोगितामा भाग लिने वा नलिने सन्दर्भमा डिसिजन गर्ने बताएकी छिन्। फ्रेन्च ओपन सेप्टेम्बर २७ बाट सुरु हुनेछ।

– एपी

प्रकाशित: Jul 30, 2020| 15:58 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।