बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सिलवालको दोस्रो कार्यकाल : पूर्वाधार निर्माणमा जोड, पारदर्शी बन्ने अठोट

सिलवालको दोस्रो कार्यकाल : पूर्वाधार निर्माणमा जोड, पारदर्शी बन्ने अठोट

युवा तथा खेलकुद मन्त्रालयमा सपथ ग्रहण गरेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले हेभीवेट योजनाका साथ पदबाहाली गरेका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयमा सपथ ग्रहण गरेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले हेभीवेट योजनाका साथ पदबाहाली गरेका छन्। उनले बुधबारबाट ४ वर्षका लागि दोस्रो पटक राखेपमा कदम राखे।

National life

उसो त गत वर्ष असार १३ गते राखेप छिर्दा पनि उनी ४ वर्षकै कार्यकालका लागि भन्दै प्रवेश गरेका थिए। तर बाधा बनिदियो राष्ट्रिय खेलकुद विकास ऐन २०७७। एक वर्षमै बाहिरिन पुगे। तर सोमबार मन्त्रीपरिषद् बैठकले उनलाई नै नियुक्त गरेपछि नयाँ ऐनमा व्यक्तिगत बिमती हुँदाहुँदै पनि उनले दोस्रोपटक सोही पद सम्हाल्न पुगे।

पदबहाली गर्दै उनले सबैभन्दा पहिले खेलकुदको पूर्वाधारमा केन्द्रित रहेका काम गर्ने बताए। तर उनले पहिलोपटक ‘मेरो अर्जुनदृष्टि साग हो’ भनेजसरी यो पटक अर्जुनदृष्टि सुनाएनन्। उनले भने, ‘अब म देशभरका खेलकुद पूर्वाधार विकासमा केन्द्रित हुनेछु। गण्डकीमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण गर्नुपर्ने छ। त्यो पहिलो प्राथमिकता बन्ने छ।’

पूर्वाधारका अलावा पनि उनीसँग धेरै चुनौति छन्। धेरै खेलकुद संघले राखेपमा अडिट रिपोर्ट बुझाएको छैन। उनले त्यसलाई इंकित गर्दै भने, ‘राम्रो उद्देश्यले संघहरु सहकार्य गर्न आउनुहुन्छ भने यहाँहरुलाई हामी सलाम गछौँ। नगर्नेलाई कारबाही गर्दै जान्छौँ।’

‘कतियप संघको धेरै समय अघिदेखिको पेस्की फछ्यौट भएको छैन, कतिपय संघका पदाधिकारीको त आपसमा बोलचाल पनि नभएको अवस्था छ। अब चाहिँ संघको अधिवेशन गर्दा अडिट रिपोर्ट अनिवार्य हुनुपर्छ। अडिट रिपोर्ट पेश नगर्ने र नक्कली गतिविधि गरेर नक्कली कमिटी लिएर आउनेलाई हामी कारबाही गर्छौँ,’ उनले भने।

Laxmi sunrise bank
kumari

समन्वयमा जटिलता

२९ वर्षपछि आएको नयाँ ऐन (राष्ट्रिय खेलकुद विकास ऐन २०७७) ले खेलकुदमा संघीय ढाँचाको अभ्यास गर्ने बाटो खोलिदिएको छ। यसले ४ प्रदेश मिलेर राष्ट्रिय खेल संघ गठन गर्ने व्यवस्था मिलाएको छ भने पाँच वा धेरै जिल्लाहरु मिलेर पनि प्रदेश खेल संघ गठन गर्न खुला गरेको छ। त्यस्तै स्थानीय तहबाट केन्द्रीय तहसम्म खेलकुदका आआफ्ना संगठन हुन ऐनले बाधा गरेको छैन।

नियमसँगै परिषद्को कार्ययोजना निर्माण र आपसी समन्वयमा जटिलता पैदा हुने सम्भावना पनि छ। यता ऐनले सदस्य सचिवको अधिकार सिमित गरेको उता समन्वयकारी भूमिका बढेका कारण अबको बाटो झन् जटिल बनेको सिलवालले पनि महशुस गरेका छन्।
भन्छन्, ‘हामीसँग चार स्तरसम्मका खेलकुदका परिषद् हुने भए यसले समन्वयकारी भूमिका कस्तो हुन्छ अहिल्यै केही भन्न सकिन्न तर कस्तो व्यव्स्था हुने भन्नेबारे कार्यविधिले देखाउला।’

तर ठिक ढंगले काम गर्नसके ऐनमा व्यवस्था भएका कुराले काम गर्न बाधा नपर्ने सिलवाल बताउँछन्।

पर्ख र हेरको समय

राखेप प्रवेश गरेसँगै उनका अघि फिफा फुटबल विश्वकप क्वालिफायरका खेल छन्। तर त्यसअघि प्रशिक्षण सुरु गर्नुपर्ने चुनौति पनि सानो भने छैन। त्यसपछि उनले नवौँ राष्ट्रिय खेलकुद गराउनुपर्ने छ। यति हुँदाहुँदै सबै भन्दा ठूलो समस्या कोरोनाको महामारी नै हो।

महामारीको जोखिम आँकलन गरेका सदस्य सचिव सिलवाल भन्छन्, ‘चीन, जापानमा पनि निर्मुल भइसकेको कोरोनाको संक्रमण दर बड्यो भन्ने समाचार आइरहेका छन्। हाम्रो देशमा पनि संक्रमणको दर रोकिएको छैन। त्यसैले आगामी खेल प्रतियोगिता पर्ख र हेरको अवस्थाबाट राखेपले काम गर्छ।’

पछिल्लो समय राखेपले २०२१ सम्म अन्तर्राष्ट्रियस्तरमा व्यवस्थित अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सदस्य सचिवको योजना थियो। तर बीचमा कोरोनाको महामारी विश्वमा फैलियो। ‘यदि २०२२ सम्ममा कोरोनाको महामारीबाट विश्वले कोल्टे फेर्न सक्ने अवस्था आयो भने हामी दुई वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्नेछौं,’ सिलवाल भन्छन्।

खेलकुदलाई जीवनसँग जोड्छु

सिलवालले खेलाडी, खेल पत्रकार, खेल संघलगायत खेलसँग सम्बन्धित सबै कर्मचारीहरु मात्र नभएर आम मानिसलाई खेलप्रति उत्साह आउने गरी काम गर्ने बताएका छन्।

उनले सपथ ग्रहण गरेलगत्तै भने, ‘खेलकुदमा एक वर्ष धेरै ठूलो समय नभए पनि मैले धेरै कुरा बुझ्ने मौका पाएँ। खेलकुदलाई विश्वभरमा रहेका नपालीले हेर्ने, देख्ने सुन्ने र महशुस गर्ने थलोको रुपमा अगाडि बढाउने छु। चाहे प्रोफेसनल होस् चाहे एमेच्योर, खेलकुदलाई प्रतियोगिता मात्र नभई बालबालिकादेखि वृद्धवृद्धासम्मका मानिसको जीवनको अंगका रुपमा विकास गर्नेछु।’
‘खेलकुदलाई गैरसरकारी संस्थासँग जोड्ने पनि अभ्यास अगाडि ल्याउने छु। खेलाडी र प्रशिक्षकको मुल्यांकन अब हुने सिलवाल बताउँछन्,’ उनले थपे।

राखेपमा कर्मचारीको बढुवा सम्बन्धामा मूल्यांकनको अभाव छ। त्यसको लागि सिलवालले पहिलो कार्यकालमा समिति गठन गरेका थिए। उनले सोही समिति मार्फत् छिट्टै छलफल गरेर बढुवाको काम गर्ने बताएका छन्।

पारदर्शी बन्ने अठोट

लामो योजनाका साथ राखेप छिरेका सिलवालले आफू पैसा कमाउन र भ्रष्टाचार गर्न दोहोर्याएर परिषद्मा नआएको कुरामा विश्वस्त बन्न अनुरोध गरे। उनले भने, ‘अहिलेसम्म शीर ठाढो पारेर बाँचेको छु अब पनि इमानका साथ काम गर्नेछु।’

सिलवालले गत वर्ष दक्षिण एसियाली खेलकुद (साग) सफलतापूवर्क आयोजना गरेको भए पनि अडिट रिपोर्ट सार्वजनिक नगरेको र आर्थिक पारदर्शिता कायम नगरको ओरोप लागेको छ। उनले भने, ‘मैले गत आर्थिक वर्षको असार १७ गतेपछि काम गर्न पाईनँ। त्यसैले सागको खर्च विवरण सार्वजनिक गर्न पाएको छैन। अब छिटै सो विवरण अडिट गरेर सार्वजनिक गर्नेछु।’

यति भन्दाभन्दै उनले १२ औं सागसम्मको आर्थिक विवरण कसैले सार्वजनिक नगरेको जिकिर पनि गरे।

प्रकाशित: Jul 29, 2020| 20:15 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।