सोमबार, असार २९, २०८३

राखेपका नवनियुक्त सदस्यसचिव र उपाध्यक्षले लिए शपथ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरुले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज (बुधबार) दिउँसो मन्त्री जगतबहादुर विश्वकर्मासँग शपथ ग्रहण गरेका हुन्।

सिलवाल र कोइरालालाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले क्रमशः राखेपको सदस्यसचिव र उपाध्यक्ष पदमा नियुक्त गरेको थियो। यससँगै सिलवाल स्वतन्त्र प्रतिस्पर्धाबाट बनेका राखेपको पहिलो सदस्य सचिवसमेत बनेका छन्।

गत साउन २६ गते एक हप्ते म्याद राखी मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा खेलविद् इन्दिरा निरौला र रीम रानाभाटसहितको तीन सदस्यिय छनोट टिमले सदस्यसचिवको लागि आवेदन आह्वान गरेको थियो।

२७ जनाले आवेदन दिएकोमा छनोट टिमले तीन जना (सिलवाल, अञ्जु श्रेष्ठ र लीलबहादुर थापा मगर) को नाम सिफारिस गरेको थियो।

तिनै तीन जनामध्ये मन्त्रिपरिषद्को बैठकबाट सिलवाल नियुक्त भएका हुन्। कोइराला भने प्रतिस्पर्धाबाट नभई नेपाल सरकारको मनोनयनबाट उपाध्यक्ष बनेका हुन्।

मंगलबार सर्वोच्च अदालतले नवनियुक्त सदस्य सचिवको नियुक्ति प्रकृयालाई लिएर कारण देखाउ आदेश जारी गरेको छ। सिन्धुलीका पूर्वखेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले गत बिहीबार सर्वोच्च अदालतमा सूचना सञ्चारमाध्यममा सार्वजनिक नगरेको, म्याद कम दिएकोलगायतका विषयमा रीट निवेदन दायर गराएका थिए।

रीटको सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको हो।

प्रकाशित: Jul 29, 2020| 15:56 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।