आइतबार, भदौ २१, २०८३

नेपाल रेडक्रसमा नयाँ तदर्थ समिति गठन

सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापा नेतृत्वको रेडक्रसको वर्तमान कार्यसमिति भङ्ग गरी डा नेत्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ तर्दथ समिति गठन गरेको हो ।

रेडक्रसमा भएको अध्ययन र छानविन समितिको प्रतिवेदनले आर्थिक अनियमितता गरेको भनी दोषी ठहर गरेपछि कारवाही स्वरुप पुरानो कार्यसमिति भङ्ग भएकोे हो । सरकारको स्वीकृतिबिना अर्बौ वैदेशिक अनुदान लिएर खर्च गरी संस्था नवीकरण नगरेको हुनाले पुरानो कार्य समिति विघटन भएको हो ।

समितिको उपाध्यक्षहरुमा डा विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पिताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषध्यक्षमा होमप्रसाद पाठक छन् । उपमहासचिव केन्द्रीय कार्यसमितिले तोक्ने गरी निर्णय भएको छ ।

समितिको सदस्यमा श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे, लेखबहादुर हमाल, छेपाल दोर्जे लामा तामाङ, इन्द्रबहादुर गुरुङ, प्रताप विष्ट, कुमार थापा र बाबुराजा महर्जन रहनुभएको छ ।

त्यस्तै, शम्भुप्रसाद पोखरेल, शिवकुमार थापा, अशोक श्रेष्ठ, बाबुराम भट्टराई, उद्धवराज भट्टराई, चन्द्रकला कार्की, प्रदीप घिमिरे, नागेन्द्रप्रसाद चौधरी, उमेश थापा, लोकराज ढकाल, खेमराज केसी, दीपेन्द्र ढकाल, श्यामप्रसाद डोटेल, सुवोधकुमार सिंह, जीवन राना, महेन्द्र श्रेष्ठ, लोकदर्शन श्रेष्ठ र मोहन पोखरेल छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनुसन्धान र छानविन प्रतिवेदनका आधारमा नेपाल रेडक्रसमा भ्रष्टाचार देखिएपछि मन्त्रिपरिषद्मा कारवाहीको प्रस्ताव लगेका थिए।

 

प्रकाशित: Jul 29, 2020| 06:22 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।