आइतबार, भदौ २१, २०८३

भक्तपुरको कमलपोखरीमा डुबेर एकको मृत्यु

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।

पोखरीमा डुबेर चाँगुनारायण नगरपालिका–९ ताथली खड्का टोलका ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।।

लगाएको लुगा पोखरीको डिलमा राखेर पोखरीमा खड्का पसेको र पौडी खेल्दै दुई पटक निस्किदै गरे पनि तेस्रो पटक पसेपछि पोखरीमा डुबेर बेपत्ता भएका थिए । पछि पानीबाट उद्धार गर्ने तालीम प्राप्त उद्धार सामग्री सहितको प्रहरी निरीक्षक सुवास बुढाथोकीको टोलीले उद्धार गरी भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकले खड्काको मृत्यु भइसकेको जानकारी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित: Jul 29, 2020| 06:21 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।