आइतबार, भदौ २१, २०८३

प्रदेश १ का २० स्थानीय तह कोरोनाको जोखिममा

प्रदेश १ का २० वटा स्थानीय तह कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिममा छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

विराटनगर– प्रदेश १ का २० वटा स्थानीय तह कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिममा छन्।

भारतसँग सीमा जोडिएका चार जिल्लाका स्थानीय तहहरु कोरोना संक्रमणको जोखिममा छन्। मोरङका ६, सुनसरी तथा झापाका पाँच/पाँच र इलामका चार वटा स्थानीय तहलाई जोखिमको सूचीमा राखिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता डा. सुरेश मेहताले बताए।

उनका अनुसार प्रदेश सरकारले मोरङको विराटनगर, जहदा, धनपालथान, रंगेली, सुनबर्सी र रतुवामाईलाई कोरोना संक्रमणको जोखिमको सूचीमा राखिएको छ। यस्तै, सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु, झापाको मेचीनगर, भद्रपुर, कचनकबल, झापा गाउँपालिका, गौरिगंज तथा इलामको रोङ, सुर्याेदय माइजोगमाई र सन्दकपुर कोरोना संक्रमणको जोखिममा छन्।

डा. मेहताले उदयपुर पनि कोरोना जोखिमको सूचीमा रहेको बताए। भारतसँग सीमा जोडिएको प्रदेश २ का सिराहा तथा सप्तरीसँग जोडिएको र झापा, मोरङ र सुनसरी पनि बढी संक्रमित भएकाले उदयपुर पनि कोरोना संक्रमण जोखिमको सूची रहेको उनको भनाइ छ।

६८ प्रतिशत संक्रमित भारतबाट आएका

प्रदेश १ मा भारतबाट स्वदेश फर्किएकाहरुमा बढी कोरोना संक्रमण देखिएको छ। प्रदेश १ का संक्रमितमध्ये ६८ प्रतिशत भारतबाट आएकाहरु छन्। यस्तै, कुल संक्रमितमध्ये भारत बाहेकका देशबाट आएकाको संख्या १८ प्रतिशत छ।

मन्त्रालयका प्रवक्ता डा. मेहताले नेपालमै संक्रमण देखिएका १४ प्रतिशत रहेको बताए।

लक्षणविहीन संक्रमित बढी

प्रदेश १ मा देखिएका ९६६ कोरोना संक्रमितमध्ये अधिकांशमा कोरोना लक्षण देखिएको छैन। मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमण देखिएकामध्ये १३ प्रतिशतमा मात्र लक्षण देखिएको छ। कोरोना लक्षण नदेखिएकाहरु ८७ प्रतिशत छन्।

४७१ स्थानमा क्वारेन्टिन

प्रदेश १ सरकारले ४७१ स्थानमा क्वारेन्टिन निर्माण गरेको छ। ती क्वारेन्टिनमा १२ हजार ६४३ बेड तयारी अवस्थामा छन्।

मंगलबारसम्म क्वारेन्टिनमा १ हजार ६१७ जना छन्। प्रदेश १ का २६ स्थानमा होल्डिङ एरिया निर्माण गरिएको छ। होल्डिङ एरियाको क्षमता तीन हजार ३८८ जनाको छ। होल्डिङ एरियामा २७७ जना छन्।

प्रदेश १ मा आइसोलेसनको क्षमता ५०७ र आईसीयुको क्षमता ४४ छ।

परीक्षणको दायरा बढाइँदै

प्रदेश १ मा संक्रमितको संख्या बढेसँगै परीक्षणको दायरा बढाइने भएको छ। यहाँ थप दुई वटा पीसीआर मेसिनसहित ४ वटा प्रयोगशाला सञ्चालन गरिने भएको छ।

ती प्रयोगशालाबाट दैनिक १ हजार ३०० को परीक्षण हुने मन्त्रालयले जनाएको छ। प्रदेश १ मा अहिले दैनिक करिव ८०० को परीक्षण भइरहेको छ।

मन्त्रालयले उच्च जोखिममा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, भिडभाड हुने ठाउँ, औद्योगिक क्षेत्रहरु, जनसम्पर्क धेरै हुने कार्यालयहरु, सिटी रिक्सा चालकहरु र क्वारेन्टिनमा बसेका तथा तिनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. मेहताले बताए।

खोजपड्तालसँगै अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिङलाई थप सुधार गर्दै लैजाने, सबै पालिकामा केस अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङ टिम गठन गर्ने र टिमहरुको क्षमता विकास गरिने उनको भनाइ छ।

 

प्रकाशित: Jul 29, 2020| 05:30 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।