भैरहवा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले भैरहवाको सेन्चुरी बैंक परिसरमा घुस लेनदेन गरिरहेका दुईजनालाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोगको बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालका अनुसार सेन्चुरी बैंक भैरहवा शाखाको कार्यालयभित्रै घुस रकम लेनदेन गर्दै गरेका विश्वनाथ यादव र महेन्द्र यादव पक्राउ परेका हुन्।
विश्वनाथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कार्यालय सहयोगीका रुपमा कार्यरत छन्। उनलाई विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गर्न मालपोतमा खटाइएको थियो।
अख्तियारका अनुसार उनीहरूले सेवाग्राहीबाट चार लाख घुस लिँदै गरेका थिए। विमानस्थलमा मुआब्जाबापत २१ अर्ब ५० करोड रुपैयाँ बढी वितरण भइसकेको छ।
विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण गर्न २३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ।