शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १४ औं महाधिवेशन धाँधलीरहित बनाउन सभापतिले ध्यान दिनुपर्छ: प्रकाशमान सिंह

१४ औं महाधिवेशन धाँधलीरहित बनाउन सभापतिले ध्यान दिनुपर्छ: प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवाले ध्यान दिनुपर्ने बताएका छन् ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवाले ध्यान दिनुपर्ने बताएका छन् ।

शनिबार नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले क्रियाशील सदस्यतामा देखिएको विवादलाई पार्टीको विधान र नियम संगत रुपले सम्बोधन गर्नुपर्ने बताए। 

उनले निर्वाचन समिति निष्पक्ष हुनुपर्ने र निर्वाचन समितिले गरेका काम पनि निष्पक्ष देखिनुपर्नेमा जोड दिए। विवाद भएको ठाउँमा स्थगन गरेर प्रक्रिया पूरा भएको ठाउँको अधिवेशन गर्ने पार्टीको निर्णय अनुसार अधिवेशन नगरेमा अलोकतान्त्रिक गतिविधि बढ्ने भन्दै उनले अधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन पार्टी सभापतिले ध्यान दिनुपर्ने बताए। 

उनले भने, ‘पार्टीलाई सुद्धिकरण गर्नको लागि, पार्टीलाई सुदृढ गर्नको लागि हामीहरु अगाडी बढ्नुपर्छ। डडेल्धुरामा भएको, निर्वाचन समितिमा डेलिगेशन गएर भनिसकेका छौँ। उजुरी परेका जुन-जुन जिल्लामा जुन-जुन वडामा परेको छ। त्यसलाई पार्टीको विधान, नियमसम्मत् तवरले सम्बोधन गर्नुपर्छ। निष्पक्ष निर्वाचन समिति हुनुपर्छ। देखिनु पनि पर्छ र काम पनि त्यही अनुसार गर्नुपर्छ भनेका छौँ। विवाद मिलाउन नसक्ने क्रियाशील सदस्यतालाई स्थगन गरेर विधि प्रक्रिया पूरा गरेका, नविकरण गरेकालाई राखेर अधिवेशन प्रारम्भ गर्ने निर्णय भएको छ, त्यसको स्प्रिट अनुसार गर्न सकेन भने अलोकतान्त्रिक गतिविधि बढ्ने भएकाले सभापतिले ध्यान दिनुपर्छ । स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपले सम्पन्‍न गर्नुपर्छ।’

नेता सिंहले गठबन्धनका अन्य दलले आन्तरिक व्यवस्थापन समयमै गर्न नसकेका कारण सरकार विस्तारमा ढिलाइ भएको बताए। उनले प्रमुख प्रतिपक्षी नेकपाएमालेले संसदमा देखाएको व्यवहार असंसदीय भएकाले त्यसलाई सच्याउनुपर्ने बताए। 

उनले वर्तमान सरकारले कोरोनाविरुद्धको खोपलाई रफ्तारमा अघि बढाएको बताए। नेता गणेशमान सिंहले नेपाली राजनीतिको आदर्शवान, राष्ट्रवादी, प्रजातन्त्रवादी र देशभक्त नेताको छवि बनाएको पनि उनले उल्लेख गरे। 

प्रकाशित: Sep 18, 2021| 15:11 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...