शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक सवारीमा ५० प्रतिशतभन्दा बढी यात्रु राखे कारबाही

सार्वजनिक सवारीमा ५० प्रतिशतभन्दा बढी यात्रु राखे कारबाही

सवारी साधनमा ५० प्रतिशतभन्दा बढी यात्रु बोकेमा ट्राफिक प्रहरीले कारबाही गर्ने जनाएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- सवारी साधनमा ५० प्रतिशतभन्दा बढी यात्रु बोकेमा ट्राफिक प्रहरीले कारबाही गर्ने जनाएको छ।

लकडाउन खुले पनि कोरोना संक्रमणको जोखिम कायम रहेकोले सार्वजनिक यातायातका साधनमा सामाजिक दूरी कायम नगरेको पाइएमा कारबाही गर्ने महानगरीय ट्राफिक महाशाखाकाले जनाएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले सवारी साधानमा सामाजिक दूरी कायम नगरेको, चालक र यात्रुले मास्क नलगाए, बढी भाडा लिए, आधा भन्दा बढी यात्रु बोकेको पाइएमा कारबाही गरिने बताए।

महाखाकाले अनुगमनका लागि सादा पोषाकमासमेत प्रहरी परिचालन गरिएको जनाएको छ।

उक्त टोलीले ‘उपत्यकाका २९ स्थानमा चेकप्वाईन्टका साथै बसपार्क, बसबिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई विशेष अनुमगन गर्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबारमात्रै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार नचलाइएका ८७२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाईबुझाई गरिएको छ।

लकडाउन शुरु भएदेखि महाशाखाले ट्राफिक नियम उल्लघंन गर्नेलाई गरिने कारबाही बन्द गरेको थियो।

लेन पालना नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउनेजस्ता ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध बुधबारदेखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिए।

प्रकाशित: Jul 22, 2020| 18:41 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।