शनिबार, भदौ २०, २०८३

विराटनगरका एक जना कोरोना संक्रमित सम्पर्कविहीन

विराटनगर– कोरोना संक्रमण देखिएका विराटनगरका एक ५० वर्षीय पुरुष बुधबार सम्पर्कविहीन बनेका छन् ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

विराटनगर– कोरोना संक्रमण देखिएका विराटनगरका एक ५० वर्षीय पुरुष बुधबार सम्पर्कविहीन बनेका छन् ।

विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा स्वाब संकलन गरेर परीक्षणका लागि कोसी अस्पतालमा पठाइएको थियो । हिजो गरिएको परीक्षणबाट उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

विराटनगर महानगरपालिकाले खोजी गरिए पनि संक्रमित पुरुषको पहिचान हुन नसकेको र हालसम्म फेला नपारिएको जानकारी दिएको छ ।

स्वाब संकलन गर्ने क्रममा ती पुरुषको स्थायी ठेगाना लेखेको थिएन । ठेगानामा विराटनगरमात्रै उल्लेख गरिएको छ । पूरै ठेगाना नटिपेका कारण कोरोना पोजेटिभ देखिएका उनलाई फेला पार्न नसकिएको जनाइएको छ ।

ठेगाना स्पष्ट नहुँदा संक्रमितको पहिचान गर्नै मुस्किल परेको महानगरका एक कर्मचारीले बताए ।

प्रदेश प्रहरी सिल

एक जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विराटनगरस्थित प्रदेश १ प्रदेश प्रहरी कार्यालय सिल गरिएको छ । संक्रमण पुष्टि भएका प्रहरीलाई केही दिनअघि ज्वरो र हाच्छ्यूँ आउने लक्षण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गएराति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए ।

उनी विराटनगरकै स्थानीय भएको बताइएको छ । कोरोना पुष्टि भएपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको एसपी पोखरेलले बताए ।

 

प्रकाशित: Jul 22, 2020| 18:36 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।