सोमबार, असार २९, २०८३

यो वर्ष बेलोन डि’ओर अवार्ड प्रदान नगरिने

यो वर्षको बेलोन डि’ओर अवार्ड प्रदान नगरिने भएको छ। विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको बेलोन डि‘ओर अवार्ड यो वर्ष प्रदान नगरिने एल इक्विप पत्रिका र फ्रान्स फुटबल बताएको हो।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

एजेन्सी- यो वर्षको बेलोन डि’ओर अवार्ड प्रदान नगरिने भएको छ।

विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको बेलोन डि‘ओर अवार्ड यो वर्ष प्रदान नगरिने एल इक्विप पत्रिका र फ्रान्स फुटबल बताएको हो।

अवार्डको घोषणा र आयोजना पत्रिका एल इक्विप र फ्रान्स फुटबलले गर्दै आएका थिए। तर यो वर्षको अवार्ड भने कोरोना महामारीका कारण रद्द गर्नु परेको आयोजकले जारी गरेको सूचनामा भनिएको छ।

यो अवार्ड सन् १९५६ बाट प्रत्येक वर्ष दिइँदै आएको थियो। यसलाई फुटबलको सर्वाधिक लोकप्रिय अवार्डसमेत मानिन्छ।

पछिल्लो १२ वर्षमा पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र अजेन्टिनी फरवार्ड लियोनेल मेस्सीले अवार्डमा कब्जा जमाएका छन्।

मेस्सीले ६ पटक अवार्ड जित्दा रोनाल्डोले ५ पटक जितिसकेका छन्। सन् २०१८ मा भने लुका मोड्रिचले अवार्ड आफ्नो हातमा पार्न सफल बनेका थिए।

मोड्रिचले सन् २०१८ को रसिया विश्वकपमा क्रोएसियालाई विश्वकप फाइनसम्म पुर्याएका थिए।

प्रकाशित: Jul 20, 2020| 18:29 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।