सोमबार, असार २९, २०८३

प्रदेश १ मा खेलकुदको १२ करोड रुपैयाँ फ्रिज

प्रदेश १ मा खेलकुदको १२ करोड रुपैयाँ फ्रिज
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

विराटनगर– प्रदेश १ मा खेलकुदतर्फको १२ करोड बजेट फ्रिज भएको छ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले गत आर्थिक वर्षको ११ करोड ९९ लाख ४२ हजार रुपैयाँ फ्रिज भएको जानकारी दिए।

प्रदेश खेलकुद बोर्ड गठन हुन नसक्दा र कोरोना भाइरसको संक्रमणका कारण खेलकुद गतिविधि नभएपछि बजेट फ्रिज भएको उनको भनाइ छ। बोर्ड गठन नहुँदा त्यसमार्फत सञ्चालन हुने कार्यक्रम नभएको महाशाखा प्रमुख खड्काले बताए।

गत आवमा खेलकुद तर्फको कुल बजेटको २४ करोड ६० लाख ५८ हजार खर्च भएको छ, जसमा खेलकुद कार्यक्रमतर्फ विराटनगरस्थित सहिद रंगशालामा फ्लर्ड लाइट जडानमा ३५ लाख रुपैयाँ खर्च भएको छ। यस्तै, १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीको सम्मानमा ८० लाख रुपैयाँ खर्चिएको छ। यसैगरी, ४० हजार रुपैयाँको खेल सामाग्री वितरण गरिएको छ।

चालु आवमा खेलकुद बोर्ड गठन गरिने

प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश खेलकुद बोर्ड गठन गर्ने जनाएको छ। बोर्डको आवश्यक संरचना निर्माण गरिने, प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू संचालन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेश १ खेलकुद ऐन पारित भएको एक वर्ष बित्दा पनि प्रदेश सरकारले प्रदेश खेलकुद बोर्ड गठन गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।

२०७६ वैशाख २७ गते प्रदेश प्रमुखले प्रदेश खेलकुद ऐन प्रमाणीकरण गरेका थिए। ऐन पारित गरेको एक वर्ष बित्दा पनि प्राविधिक र प्राकृतिक समस्याका कारण सदस्य सचिव र उपाध्यक्ष नियुक्ति गर्न ढिलाइ भएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। प्रदेश खेलकुद बोर्ड गठन गर्न मन्त्रिपरिषद्मा फाइल पेस गर्ने तयारी भइरहेको उनको भनाइ छ।

खेलकुद बोर्ड गठनमा ढिलाइ हुँदा धेरै खेलकुदका कार्यक्रम प्रभावित भएका छन्।

प्रकाशित: Jul 20, 2020| 14:47 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।