शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डडेल्धुरा विवादमा पौडेल पक्ष : देउवासँग जोरी खोजे महाधिवेशन नै नहोला भन्ने डर छ

डडेल्धुरा विवादमा पौडेल पक्ष : देउवासँग जोरी खोजे महाधिवेशन नै नहोला भन्ने डर छ

शुक्रबार प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेपछि रामचन्द्र पौडेल पक्षको आक्रोशको पारो तल झरेको हो।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- सभापति शेरबहादुर देउवा पक्षले डडेल्धुरामा आफूखुशी एकलौटी रुपमा क्रियाशील सदस्यता वितरण गरेको र प्रहरी घेरामा वडा अधिवेशन गरी आफ्ना मान्छेलाई वडाध्यक्ष बनाएको भन्दै विरोधमा उत्रिएको रामचन्द्र पौडेल पक्षको आक्रोश मत्थर भएको छ। शुक्रबार प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेपछि रामचन्द्र पौडेल पक्षको आक्रोशको पारो तल झरेको हो। 

शीर्ष नेताहरूको बालुवाटार गफगाफपछि पौडेल पक्ष लचक भएको हो। 'डडेल्धुरा विवादलाई थप चर्काउन नहुने विषयमा कुराकानी भयो। विवादमा अल्झिनुभन्दा अधिवेशनका काम अघि बढाउनु बुद्धिमानी हुनेमा सबैको सहमति छ। अब थप विवाद गर्नहुन्न,' बालुवाटारको भेटपछि पौडेल निकटका एक नेताले भने, 'हुन त डडेल्धुरामा अलि बढी नै भएको थियो। तर थप विवाद गरियो भने देउवाजीले देशभरकै महाधिवेशनको काम अघि नबढाउने हो कि भन्ने डर पनि छ।' 

उनका अनुसार देउवाले आफूसँग जोरी खोजेको महसुस गरे देशभरको महाधिवेशन नगराउन पनि सक्छन्। बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंग्याउँदा भने आफूहरू कुनै सम्झौता नगर्ने ती नेताको भनाइ छ। 

डडेल्धुरा विवादबारे कुराकानी गर्न सभापति देउवाले प्रधानमन्त्री निवासमा पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरूलाई बोलाएका थिए। भेटमा शनिबारसम्म सबै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाउने सहमति बनेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। १३ जिल्लाका क्रियाशील सदस्यको टुंगो लाग्न बाँकी छ।

प्रकाशित: Sep 17, 2021| 21:04 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...