सोमबार, फागुन १८, २०८२

सुदूरपश्चिममा एकीकृत समाजवादीका थप दुई मन्त्रीले लिए शपथ

मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका तारा तामाङलाई आर्थिक मामिला र माया तामाङ बोहरालाई आर्थकि मामिला राज्यमन्त्रीमा नियुक्त गरेपछि उनीहरूले शुक्रबार साँझ शपथ ग्रहण गरेका हुन्।तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र बोहरालाई मुख्यमन्त्री भट्टले शपथ गराए।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा माधव कुमार नेपालको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्रीले शपथ लिएका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका तारा तामाङलाई आर्थिक मामिला र माया तामाङ बोहरालाई आर्थकि मामिला राज्यमन्त्रीमा नियुक्त गरेपछि उनीहरूले शुक्रबार साँझ शपथ ग्रहण गरेका हुन्।तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र बोहरालाई मुख्यमन्त्री भट्टले शपथ गराए।

तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन्।

सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ। 

माओवादी नेतृत्वको सरकारमा एकीकृत समाजवादी सहभागी छ। प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेका १०, जसपा र लोसपाका एक/एक जना सांसद छन्। 

kumari
यसअघिका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले एमालेमा नै बस्ने निर्णय गर्दै पदबाट राजीनामा दिएका थिए। यस्तै सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले पनि २२ भदौमा राजीनामा दिएका थिइन्। प्रदेशमा सबैभन्दा ठूलो दल समाजवादीबाट अब सरकारमा चार मन्त्री र तीन राज्यमन्त्री भएका छन्। 

प्रकाशित: Sep 17, 2021| 19:38 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।