सोमबार, असार २९, २०८३

उपाधि गुमाएपछि मेसीले भने- यहाँ सबै कुरा एकनासले चल्दैन

यसअघि ३० पटकसम्म घरेलु मैदानमा नहारेको बार्सिलोनाले बिहीबार रातिको खेलमा भने हार बेहोरको थियो। सो हारपछि कप्तान लियोनेल मेस्सीले कुनै पनि कुरा एकैनासले नहुने बताएका छन्।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

एजेन्सी- २७ औं पटक ला लिगा जित्ने अबसर बार्सिलोनाले गुमाएपछि गएरातिको खेलबाट रियल मड्रिडले ३४ औं पटक ला लिगाको उपाधि जित्यो।

यता घरेलु मैदानमा ओसासुनासँग प्रतिस्पर्धा गरिरहेको बार्सिलोनाले अपत्यारिलो हार बेहोर्नु पर्यो। क्याम्प नाउ मैदामा भएको खेलमा बार्सिलोना पाहुना टोली ओसासुना विरुद्ध २–१ को झिनो गोल अन्तरले पराजित बनेपछि उसको उपाधि यात्रा पनि टुंगियो।

यसअघि ३० पटकसम्म घरेलु मैदानमा नहारेको बार्सिलोनाले बिहीबार रातिको खेलमा भने हार बेहोरको थियो। सो हारपछि कप्तान लियोनेल मेस्सीले कुनै पनि कुरा एकैनासले नहुने बताएका छन्।

‘हामी यसरी उपाधि होडबाट बाहिरिन चाहदैन थियौँ। तर यो सिजनको उपाधि यात्रा यसरी नै सकियो। यहाँ कुनै कुरा एकनासले हुँदैन। परिवर्तन जरुरी पनि छ,’ ला लिगामा शीर्ष गोलकर्ता समेत रहेका मेस्सीले भने।

‘हामी खेलमा लगातार जम्न सकेनौँ र पहिले पनि धेरै अंक गुमाइसकेका थियौँ। हामीले खेलाडीबाटै आत्मलोचनाको काम सुरु गर्नुपर्छ, क्लबले पनि गर्नुपर्छ,’ उनले भने, ‘हामी बार्सिलोना हौँ। हामीले सबै खेल जित्ने दायित्व बहन गर्न सक्नुपर्छ।’

अब बार्सिलोनाको मुख्य ध्यान च्याम्पियन्स लिग जित्नेतर्फ रहने छ। जहाँ उसले घरेलु मैदामा पहिलो लेगको खेलमा १–१ गोलको बराबरी खेलेको थियो।

प्रकाशित: Jul 17, 2020| 08:11 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।