बिहीबार, चैत ५, २०८२

ला लिगाको उपाधि रियल मड्रिडलाई

रियलले ३४ औं उपाधि जित्दा क्लबबाट रामोसको यो पाँचौं जितसमेत हो। तर प्रशिक्षक जिदानेको भने पहिलो लिग उपाधि हो।
 |  शुक्रबार, साउन २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २, २०७७

एजेन्सी– स्पेनिस शीर्ष फुटबल लिग ला लिगामा रियल मड्रिडले ३४ औं पटक उपाधि जितेको छ।

National life

गएराति स्टेडियो अल्फ्रेदो रंगशालामा सम्पन्न खेलमा रियलले पाहुना टोली भिल्ला रियललाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

जितका लागि करिम बेञ्जेमाले खेलको २९ औं मिनेटमा गोल गरे भने ७७ औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। उता पाहुना टोली भिल्लारियलले ८३ औं मिनेटमा सान्त्वना गोल फर्कायो।

जितसहित रियलले अंक तालिकामा ८६ अंक बनाउँदै उपाधिमा ३४ औं पटक कब्जा जमाएको छ। दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ। रियल ला लिगाको सबैभन्दा धेरै पटकको विजेता टिम पनि हो। त्यस्तै बार्सिलोनाले दोस्रो धेरै २६ पटक उपाधि जितेको छ।

अघिल्लो चरणको खेलपछि रियललाई उपाधिका लागि मात्र २ अंक आवश्यक थियो। गएरातिको खेलमा ३ अंक प्राप्त गर्दै उसले उपाधि जित्यो।

Laxmi sunrise bank
kumari

गएरातिको खेलमा रियलले लिग जितेसँगै प्रशिक्षक जिनेदिन जिदानेले च्याम्पियन्स लिग जितेभन्दा धेरै खुसी लागेको बताएका छन्।

उनले जितपछि भने, ‘यो अन्य कुनै पनि कुरा भन्दा धेरै महत्वपूर्ण विषय छ। ला लिगा उपाधि जित्नका लागि धेरै मेहनत लागेकोे छ। लकडाउन र अरु समस्याका बाबजुद ३८ खेलपछि हाम्रो अन्य क्लबको भन्दा धेरै अंक हुने छ।’

६ हजार दर्शक क्षमताको दर्शकविहीन रंगशालामा उपाधि उत्सव मनाउँदै कप्तान सर्जियो रामोसले भने, ‘यो धेरै अनौठो सिजन भयो। तर लकडाउनपछि हाम्रो लक्ष्य एकदमै स्पष्ट थियो– उपाधि जित्ने। हामी सबै खेल जित्न चाहन्थ्यौं। र, सबै खेल जित्यौँ।’

रियलले ३४ औं उपाधि जित्दा क्लबबाट रामोसको यो पाँचौं जितसमेत हो। तर प्रशिक्षक जिदानेको भने दाेस्राे लिग उपाधि हो।

स्पेनमा ला लिगाको सुरुवात सन् १९२९ मा भएको थियो। सो सिजनमा बार्सिलोनाले उपाधि जितेको थियो भने त्यसपछिको २ सिजन एथ्लेटिको बाल्वियोले जितेपछि रियल मड्रिडल पहिलो पटक १९३१–३२ उपाधि जितेको थियो।

साथै यसअघि २०१६–१७मा रियलले ३३ औं पटक उपाधि जितेको थियो। त्यपछिका लगातार २ सिजन बार्सिलोनाले जितेको थियो।

प्रकाशित: Jul 17, 2020| 07:27 शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।